१६ चैत्र २०८० शुक्रबार
राजनीति

गृहको सुरक्षा नीति : उम्मेदवारलाई प्राथमिकता

काठमाडौं- चुनावको मुखमा देशभर हिंसात्मक घटना बढ्न थालेपछि गृह मन्त्रालयले उम्मेदवारहरूको सुरक्षामा थप सतर्कता अपनाउने नीति बनाएको छ ।
केही दिनयता उम्मेदवार र चुनावी कार्यक्रमस्थललाई लक्षित गरी विष्फोटका घटना गराइएका छन् । यस्ता घटना शृंखलाबद्ध रुपमा हुन थालेपछि गृह मन्त्रालयले उम्मेदवारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको  छ । सुरक्षा सतर्कता बढाउन शनिबार साँझ गृहमा मन्त्रालयका उच्च अधिकारीहरूको बैठक बस्यो । बैठकले देशभर थप सुरक्षा सतर्कता अपनाउन जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रासद शर्मा दुवाडीले उम्मेदवार कार्यक्रमस्थल जाने बाटो, कार्यक्रमस्थल र बस्ने स्थानमा कडा सुरक्षा दिन जिल्लाका सुरक्षा निकायलाई निर्देशन दिइएको बताए । उनले भने, ‘उम्मेदवारले सुरक्षा मागेमा या जिल्ला सुरक्षा निकायलाई सुरक्षामा खतरा महसुस भएमा उम्मेदवार कार्यक्रमस्थल जाने बाटो, कार्यक्रमस्थल र बस्ने स्थानमा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छौं ।’
हिसांत्मक घटना हुन नदिन ४ सूत्र अपनाउने भएको छ । चुनाव बिथोल्न खोज्नेलाई निगरानी, पक्राउ, खोजतलास र कारबाही प्रक्रियामा थप सक्रियता बढाउने निर्णय बैठकले गरेको छ । प्रवक्ता दुवाडीले शनिबारसम्म चुनाव बिथोल्ने उद्देश्यले हिंसात्मक घटनामा संलग्न भएको आरोपमा दुई सय व्यक्तिलाई देशका विभिन्न भागबाट पक्राउ गरिएको जानकारी दिए । चुनाव बिथोल्न खोज्ने सबैलाई एउटै बास्केटमा राखेर कारबाही गरिने उनले बताए ।

 

प्रकाशित: ३ मंसिर २०७४ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App