१६ चैत्र २०८० शुक्रबार
राजनीति

वन्दसूचीमै नपरेकालाई समानुपातिकको उम्मेदवार भन्दै भोट माग्दै

लमजुङ- मंसिर १० गते हुने संघीय प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हिमाली जिल्ला मनाङका उम्मेदवारहरुले समानुपातिक उम्मेदवारको सूचिमै नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार भन्दै भोट मागेका छन्।

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवाहरु सहित समानुपातिक उम्मेदवारहरुको बन्दसूचिमै नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार किटान गरि नाम र तस्बिर सहितको पोष्टर प्रकाशित गर्दै भोट दिन आग्रह गरिएको हो। काँग्रेसका तर्फबाट प्रत्यक्षमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ र समानुपातिक तर्फ वन्दसूचिमा परेका उम्मेदवार कर्म घलेको प्रचारका लागि छपाईएको पोष्टरमा उम्मेदवार नै भएका व्यक्तिको नाम र तस्विर पनि प्रकाशित गरिएको छ । पोष्टरमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट साङ्दो लामा, निर्वाचन क्षेत्र ‘ख’ बाट सगर गुरुङ र छिरिङओङ्मा गुरुङ घलेलाई समानुपातिक उम्मेदवार उल्लेख गर्दै तस्वीर सहित नाम प्रकाशित गर्दै मतदातालाई बाँडिएको छ।

निर्वाचन आयोग अन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले कार्तिक १७ गते सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको वन्दसूचिमा उनीहरुको नाम समावेश छैन । नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं ४ मा कूल २४ जनाको नामावली प्रकाशित गरेको छ । ११ जना पुरुष, १३ महिला रहेकोमा ११ जना आदिवासी, ९ खसआर्य र ४ दलित रहका छन् । ति मध्ये कुनै समुहमा पनि उनीहरुको नामावली रहेको छैन । पोष्टरमा उल्लेख गरिएका निर्वाचन क्षेत्र ‘क’ का लामा सदरमुकाम चामे गाउँपालिका चामेबजारका र निर्वाचन क्षेत्र ‘ख’ का गुरुङ र घले नेस्याङ गाउँपालिका मनाङबजारका बासिन्दा भएको बुझिएको छ । यि दुवै ठाउँमा स्थानीयतह निर्वाचनमा गाउँपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका नेकपा एमाले मनाङले बताएको छ ।

            समानुपातिक उम्मेदवारको वन्दसूचिमै नभएका उनीहरुलाई उम्मेदवारका रुपमा देखाउँदा भोट धेरै आउने सोंचका साथ ‘फेक पोष्टर’ निकालिएको भन्दै विपक्षी दलहरुले विरोध गरेका छन् । जसरी भएपनि आफ्नो पक्षमा मत खसाल्ने रणनीतिका साथ नक्कली उम्मेदवार राखेर पोष्टर बनाई जालझेल गर्दै भोट मागिएको वाम गठवन्धनका उम्मेदवार पोल्देनछोपाङ गुरुङले बताए। यसका विरुद्धमा निर्वाचन कार्यालय मनाङमा उजुरी गरिने समेत उनका भाई ट्रिपल पि गुरुङ बताउँछन्।

 

प्रकाशित: १ मंसिर २०७४ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App