१५ चैत्र २०८० बिहीबार
राजनीति

विकासको लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

दार्चुला- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती  शेरबहादुर देउवाले  वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी  नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताएका छन। नेपाली कांग्रेस दार्चुलाले  सदरमुकाम खलंगा तथा मार्मा क्षेत्रको लटिनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  देउवाले वाम गठबन्धनका कारण लामो समयपछि देशमा प्राप्त भएको लोकतन्त्र गुम्ने खतरा बढेकाले आगामी मंसिरमा हुने चुनावमा कांग्रेसलाई विजय गराउन आग्रह गरे।

'कांग्रेस जिते मात्रै  प्रजातन्त्र जिवित रहने र कांग्रेस हारे नागरिकहरुले स्वतन्त्रता समेत हनन हुने बताउँदै  देशमा प्रजातन्त्र जोगाउनका निम्ती  प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव कांग्रेसले जित्नुपर्छ',उनले भने,'प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नेपालको प्रजातान्त्रिक  भविष्यका लागी अत्यन्तै महत्वपूर्ण चुनाव हो। प्रजातान्त्रिक शासन व्यवस्थामा मात्र डर त्रासबाट मुक्त पाईन्छ।' उनले भने, ‘यो चुनावमा कांग्रेसलाई जिताए देशमा  आर्थिक समृद्धि हुने छ।' वाम गठबन्धनका नाममा कम्युनिस्टहरूले एकदलीय शासन ल्याउन खोजेको  उनले लोकतन्त्र बचाउन पनि कांग्रेसलाई जिताउन दार्चुलाका  मतदातालाई आग्रह गरे । सबैले बोल्न पाउने, पढ्न पाउने, लेख्न पाउनेलगायत अधिकार संरक्षण गर्न लोकतन्त्र पक्षधरको जित आवश्यक  छ ।  ‘वाम गठबन्धनले चुनाव जितेमा प्रजातन्त्र खतरामा पर्छ,’ उनले थपे, ‘तर नेपालमा लोकतन्त्र पक्षधरको जित हुन्छ, लोकतन्त्र रहन्छ।’

 वाम गठबन्धनका उम्मेदवारबाट कांग्रेसलाई चुनौती रहेको आंकलन भइरहेका बेला देउवा दार्चुला  पुगेर मतदाताको मन जित्न सफल भएका छन। ‘म तपाईंरूको क्षेत्रको मान्छे हुँ, म प्रधानमन्त्री भए तपाईंहरू म सँग झगडा गर्न सक्नुहुन्छ, मलाई गाली गर्न सक्नुहुन्छ, जे कुरा पनि भेटेर भन्न पाउनुहुन्छ’, ‘तपाईंहरूले आफ्नै क्षेत्रको मान्छे भएकाले प्रधानमन्त्रीसँग जे पनि  गर्न पाउनुभएको छ ।’ ओली र प्रचण्ड भए के यो सम्भव छ र?  आफू फेरि पनि प्रधानमन्त्री बन्ने संकेत गर्दै चुनावमा दार्चुलामा कांग्रेसलाइ जिताउन मतदातालाई आग्रह गरे। ‘तपाईंहरूले मलाई र कांग्रेसलाई जिताए म अझैं प्रधानमन्त्री बन्छु’, उनले भने, ‘दार्चुलाका नेता बडु लाई मन्त्री बनाउँछु।’  दार्चुला जिल्लाको विकास, जनताको समस्या समाधान गरेर समृद्ध राष्ट्र निर्माणका लागि फेरि यहाका नेता बडु जीको नेतृत्वमा  कांग्रेसले गरेको बताए ।

प्रकाशित: १ मंसिर २०७४ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App