६ वैशाख २०८१ बिहीबार
राजनीति

दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेका छन् : मन्त्री पाण्डे

काठमाडौं- वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेको आरोप लगाएका छन् । चितवन क्षेत्र नं. ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार  रहेका पाण्डेले कुनै एक ठाउँमा स्थिर हुन नसकेको उल्लेख गर्दै भने, ‘प्रचण्डजी अस्थिर राजनीतिज्ञ हुनहुन्छ । उहाँले विभिन्न ठाउँमा गएर खाली सिसी पुराना कागजको व्यापार गरिरहनु भएको छ ।’

उनले प्रचण्ड चुनाव नलडेका कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवनबाट पराजित हुने दाबीसमेत गरे । पाण्डेले भने, ‘प्रचण्डलाई चितवनको भूगोल तथा त्यहाँको आवश्यकताबारे जानकारी नभएका कारण चुनाव जित्ने सम्भावना नै छैन ।

रेडियो नागरिकसँगको कुराकानीमा राप्रपा प्रजातान्त्रिक नेता पाण्डेले प्रचण्डले प्रतिस्पर्धी नै नदेख्नु भनेको जनतालाई नदेख्नु भएको टिप्पणी गरे । प्रचण्डले चितवनमा काम नलाग्ने नेताहरुलाई आफ्नो पार्टीमा भित्र्याएर विपक्षी उम्मेदवार कमजोर रहेको भन्दै हिडेको प्रति पाण्डेको यस्तो आरोप थियो ।

पाण्डेले चितवनमा आफू विकास प्रेमी नेता भएकाले जित निश्चित रहेको दाबीसमेत गरे ।

 

प्रकाशित: ३० कार्तिक २०७४ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App