coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यस्थलतर्फ खटाइए म्यादी प्रहरी

खोटाङ, कार्तिक २८ – आसन्न निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरीलाई खटाइएको छ । तालिमलगत्तै सदरमुकाम दिक्तेलमा राखेर गस्तीमा खटिँदै आएका नौ सय ८२ म्यादी प्रहरीलाई सोमबारदेखि कार्यक्षेत्रमा खटाइएको हो ।
म्यादी प्रहरीलाई आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मतदानस्थल र मतदान केन्द्रको सुरक्षार्थ ईलाका प्रहरी कार्यालयमार्फत परिचालन हुनेगरी बुथ तोकेर खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । बाँकी रहेका म्यादी प्रहरीलाई मंगलबारदेखि कार्यक्षेत्रमा खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट ईलाका प्रहरी कार्यालय हुँदै प्रहरीचौकी पुग्ने म्यादी प्रहरीलाई निर्वाचन अवधीभर सो क्षेत्रको मतदान स्थल, मतदान केन्द्र र बुथको सुरक्षार्थ खटाइने छ । ‘बुथको सुरक्षार्थ खटाउनेगरी म्यादी प्रहरीलाई इलाका प्रहरी कार्यालय पठाइएको छ,’ डिएसपी थापाले भने, ‘ईलाका प्रहरी कार्यालयबाट उनीहरुलाई प्रहरीचौकीमा पठाइनेछ । प्रहरीचौकीबाट केही दिनमा बुथमा खटाइेछ ।’ म्यादी प्रहरीहरु गस्तीमा समेत खटिने छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयमार्फत ९८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकामा २ हजार २१ जनाको आवेदन परेको थियो । निर्वाचनका लागि खोटाङका एक सय ३६ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएका छन् ।
 

प्रकाशित: २९ कार्तिक २०७४ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App