६ वैशाख २०८१ बिहीबार
राजनीति

राजनीति दलाल पुँजीपति वर्गको चंगुलमा जाँदैछ : युवराज ज्ञवाली

काठमाडौं- नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको राजनिित दलाल पुँजीपति वर्गको चंगुलमा फसिरहेको बताएका छन् । चुनाव मँहगो भयो भनेर प्रतिनिभि सभाको निर्वाचनमा टिकट नलिएका ज्ञवालीले राजनीतिमा ठेकेदारहरु हावी हने क्रम बढीरहेको बताए ।
रेडियो नागरिकसँग आइतबार कुराकानी गर्दै उपाध्यक्ष ज्ञवालीले नेपालका राजीतिक दलहरुले चुनावी खर्चलाई कम गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेका हाम्रा चुनावहरु निकै महँगा भएका छन् । यसको समयमै व्यवस्थापन गर्न सकिएन भने मुलुक नै संकटमा पर्छ ।’
राजनीतिमा नैतिकताको खडेरी भएको उल्लेख गर्दै नेता ज्ञवालीले जनतामा लोकप्रिय भएका र चुनाव जित्नसक्ने क्षमता भएका नेताहरुले चुनाव लड्न सक्ने अवस्था नरहेको बताए । टिकट महँगो भएकै कारण आफू उम्मेदवार नभएको स्वीकार गर्दै उनले भने, ‘राजनीतिक सिद्धान्त र आदर्शलाई पैसासँग तुलनागर्दा मुलुकले प्राप्त गरेको लोकतान्त्रिक पद्दतीमा नै ठेकेदारतन्त्र हाबी हुन्छन् । यहि महँगो चुनावाका कारण विगतका चुनावमा लागेको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् ।’
२०्र५४ र २०५६ सालको निर्वाचनमा पार्टीको आर्थिक विभाग प्रमुख भएर काम गरेका ज्ञवालीले हरेक व्यक्तिबाट १० रुपैयाँ लिने अभियान चलाएको प्रसंग उल्लेख गर्दै भने, ‘हरेक व्यक्तिबाट दश रुपैयाँ लिने अभियान सञ्चालनमा ल्यायौं । जुन प्रभावकारी हुन सकेन । त्यसबाट राजनीतिमा व्यापारी तथा ठेकेदारहरुको प्रभाव पनि कम हुने र हरेक नागरिसँग प्रत्यक्ष चिनजान र  चुनावी अभियान पनि प्रभावकारी हुन्छ । तर, धेरै पैसा एकै ठाउँबाट लिने बानी परेकालाई दश रुपैयाँ उठाउँदै हिड्नेतीर जाँगर लगाएनन् ।

दलहरुले सिद्धान्त र व्यवहारमा तालमेल ल्याउनु पर्ने सुझाव व्यक्त गर्दै उनले भने, ‘दलहरुले आर्थिक पारदर्शीता कायम गर्नुपर्दछ । कम पैसामा चुनावमा सहभागी हुनुपर्ने व्यवस्था गर्न सक्नुपर्छ ।’

नेताहरुलाई नै ठेकेदारहरुले भरणपोषण गरेको बताउँदै उनले भने,  ‘जिल्ला–जिल्लामा ठेकेदाहरु हाबी छन् । उनले जिल्लाका पाटीहरुलाई पाल्छन् । ठेकदारले नेता पालिसकेपछि नेताले उनीहरुको मातहतमा बस्नुप¥यो ।’

 

प्रकाशित: २६ कार्तिक २०७४ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App