१६ चैत्र २०८० शुक्रबार
राजनीति

जनता लोकतन्त्र बिरोधी छैनन, त्यस कारण साम्यवाद रोजाइमा पर्दैन: प्रधानमन्त्री

ताप्लेजुङ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन्। उनले कम्युनिष्ट शासन स्थापना भएमा एकदलीय तानशाह जन्मने भन्दै त्यसो भएमा नेपाली जनताले डरत्रास पूर्ण दैनिकी बिताउन बाध्य हुनुपर्ने पनि बताए।

नेपाली कांग्रेस ताप्लेजुङले शनिवार सदरमुकाम फुङलिङमा आयोजना गरेको जिल्ला स्तरीय आमसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले एकता गरेर लोकतन्त्रलाइ खतरामा पारेको आरोप लगाए।  लोकतन्त्रको रक्षाका लागि कम्युनिष्ट शक्ति बिरुद्ध एक हुन उनले कार्यकर्तालाइ आग्रह पनि गरेका छन्। अधिकांस समय वाम एकताको बिरोधमा खर्चिएका देउवाले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ कम्युनिष्टहरुलाइ पराजित गर्नुपर्ने समेत उद्घघोष गरे। मंसिर १० र २१ गतेको निर्वाचन कम्युनिष्ट र लोकतन्त्र पक्षधर बीचको जनमत संग्रह जस्तै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेस बाहेक अर्को कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको आरोप समेत लगाए।‘कम्युनिष्ट सरकार स्थापना भए डरत्रासपूर्ण दैनिकी हुनेछ, पढ्न, लेख्न र बोल्न पाइदैन,सबै किसिमका अधिकार खोसिने छन्’देउवाले भने‘त्यसैले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाइ बलियो बनाउन आवश्यक छ’ । देउवाले संविधान कार्यान्वयनका लागि पनि लोकतान्त्रिक शक्तिले देशको नेतृत्व गर्न आवश्यक भएकोमा जोड दिए। उनले लामो लडाइ पछि नेपाली जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा कम्युनिष्टहरुले गर्न नसक्ने भन्दै कांग्रेसले मात्र यसको संरक्षण र प्रर्बद्धन गर्ने दावी गरे।

प्रधानमन्त्री देउवाले नामै लिएरर राणा शासन,पञ्चायती शासन र ज्ञानेन्द्र शासनलाइ कांग्रेसको बलजोडले परास्त गरेर संविधान निमार्णको अगुवाइ गरेकोले यसको कार्यान्वयम पनि उसकै नेतृत्व आवश्यक भएकोमा जोड दिए। देउवाले प्रजातान्त्र ल्याउन, लोकतन्त्र बचाउन र राजा फाल्न कांग्रेसले गरेको अगुवाइ जनताले नबिर्सेको स्मरण गर्दै फेरी कम्युनिष्टट पराजित गर्न कांग्रेस फेरी एकजुट हुनुपर्ने बताए । देउवाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाइ लोकतन्त्र र साम्यवाद रोज्नेहरुबीचको लडाइको रुपमा ब्याख्या गरेका छन् ।‘कुन व्यवस्था रोज्ने तपाइका अघि बिकल्प छन्’प्रधानमन्त्री देउवाले भने‘जनता लोकतन्त्र बिरोधी छैनन, त्यहि भएर साम्यवाद उनीहरुको रोजाइमा पर्दैन।’  प्रधानमन्त्री देउवाले कम्युनिष्टहरु मिलेर प्रजातन्त्र कमजोर बनाइ रहेको आरोप समेत लगाए । कार्यक्रममा देउवा संगै आएका काग्रेस प्रचार बिभागका प्रमुख बालकृष्ण खाँणले केपी ओली र सिके राउतलाइ उस्तै भनेर दाँजेका छन् ।’एउटाले तराइमा बिखण्डन ल्याइ रहेको छ, अर्कोले देशमै बिखण्डन ल्याइ रहेको छ’खाँडले भने। उनले पनि देवाउले जस्तै कम्युनिष्टहरुलाइ लोकतन्त्र बिरोधी भएको आरोप लगाए। 

 

प्रकाशित: २५ कार्तिक २०७४ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App