८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री देउवा ताप्लेजुङमा

ताप्लेजुङ –  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ताप्लेजुङ आइपुगेका छन्। 
मध्याह्न ताप्लेजुङ सदरमुकाम आइपुगेका प्रधानमन्त्री देउवा अहिले केहीबेरमा पाथीभरा मन्दिरको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ। 

काँग्रेस ताप्लेजुङले सदरमुकाम फुङलिङमा आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न आउनुभएका देउवा कार्यक्रमलाई सम्बोधन गर्नुअघि पाथीभराको दर्शन गर्न लाग्नुभएको पार्टीका महासमिति सदस्य गजेन्द्र तुम्याहाङले जानकारी दिए। 

प्रधानमन्त्री देउवा ताप्लेजुङ आएसँगै अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। जिल्लास्तरीय आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासँगै काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणसमेत ताप्लेजुङ आएका छन्। 

कार्यक्रमलाई प्रधानमन्त्री देउवा, नेता खाँण र ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार केशवप्रसाद दहाल, प्रदेशसभा उम्मेदवार लीलादेवी बोखिमलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यहाँको आमसभालाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री देउवा पाँचथरको लब्रेकुटीमा आयोजित किराँत महागुरु फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जाने बताइएको छ। 

प्रकाशित: २५ कार्तिक २०७४ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App