१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओली र दाहालको संयुक्त चुनावी अभियान

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी अभियान थाल्ने भएका छन् ।
कात्तिक २९ गते दुवै नेताको चुनावसभा गोरखाबाट सुरु हुने भएको छ । गोरखाका चार स्थानमा हुने संयुक्त सभालाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
त्यसैगरी दुवै नेताले कात्तिक ३० बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।
त्यसपछि मसिर २ गते झापाको दमकमा हुने संयुक्त सभालाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । दमक एमाले अध्यक्ष ओली उम्मेदवार रहेको क्षेत्र हो । मंसिर ३ गते झापाको काँकडभिट्टा र मोरङको विराटचोकमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंसिर ५ गते बुटवल र दाङ,  ७ गते सुर्खेत र दैलेख, ८ गते कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने कार्यक्रम छ । मंसिर ९ गते पोखरामा कार्यक्रम हुनेछ ।

प्रकाशित: २३ कार्तिक २०७४ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App