८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राप्रपा अध्यक्ष कमल थापा। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रीय राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।

मंगलबार राजधानीमा चुनावी घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले भने, 'राप्रपा वैल्पिक शक्तिको रुपमा उभिएको छ। पार्टीले मूलतः बीपीको मेलमिलाप सिद्धान्त र महेन्द्रीय राष्ट्रवादलाई प्रमुख आधार मान्नेछ।'

राप्रपाले विसं २००७ साल, २०४६ साल र २०६३-६३ सालको जनआन्दोलनलाई सम्मान गर्दै राजसंस्थाका लागि आफूहरु लड्ने उल्लेख गरेको छ।

उसले चुनावी घोषणा पत्रमा कहिल्यै नेपाल बन्द नगर्ने, दस वर्षमा दस हजार मेगावाट विजुली उत्पादन गर्ने, रेलमार्ग तथा जलमार्गको लक्ष्य लिएको उल्लेख गरेको छ।

उसले कांग्रेससँगको गठबन्धनलाई स्वभाविक तर परिस्थितिजन्य आवश्यकता भएको उल्लेख गरेको छ।

प्रकाशित: २१ कार्तिक २०७४ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App