७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन : दाहाल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल। फाइल तस्विर

चितवन—नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताएका छन्।  

पश्चिम चितवनको चनौलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र न ३ का उम्मेदवार दाहालले अबको आवश्यकता भनेको स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताए।

चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी क्षेत्र नं ३ मा भएको उहाँको भनाइ थियो। कार्यक्रममा शनिबार राप्रपा (प्रजातान्त्रिक) परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका नेता बद्री तिमिल्सिना, एमालेका नेता देवी ज्ञवाली, वाम गठबन्धनबाट प्रदेश क्षेत्र नं ३ (क) का उम्मेदवार कृष्ण भुर्तेल, ३ (ख) का उम्मेदवार रामलाल महतोलगायतले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०७४ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App