५ वैशाख २०८१ बुधबार
राजनीति

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

काठमाडौं – मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ । कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन्। 

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार ६ सय ४३ जना महिलाको नाम समावेश छ। त्यसैगरी २ हजार ८ सय ५१ जना पुरुषको नाम समानुपातिक बन्दसूचीमा राखिएको निर्वाचन आयोगले जनाएको छ। 

बन्दसूचीमा ५६ प्रतिशत महिलाको नाम समावेश गरिएको छ, जसमध्ये ४४ प्रतिशत पुरुषको नाम राखिएको छ। समानुपातिक र प्रत्यक्षतर्फबाट संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी प्रावधान छ । प्रत्यक्षतर्फको उम्मेदवारी हेर्दा कानुनअनुसार महिलाको प्रतिशत पु¥याउन निकै कठिन पर्ने देखिन्छ। 

प्रतिनिधिसभातर्फबाट प्रत्यक्षमा १ सय ६५ जना, समानुपातिकबाट १ सय १० जना सांसद निर्वाचित हुँदैछन् । सातवटै प्रदेशसभातर्फ प्रत्यक्षमा ३ सय ३० जना, समानुपातिकबाट २ सय २० जना सांसद निर्वाचित हुँदैछन्। 

राजनीतिक दलले ल्याउने मतका आधारमा समानुपातिक उम्मेदवारको छनोट हुने प्रावधान छ । समानुपातिकमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाहेक अन्य दलको न्यून उपस्थिति हुने निश्चित छ।

आयोगले सार्वजनिक गरेको तथ्यांकमा आदिवासी जनजातिबाट ९ सय ३१ महिला, ७ सय ८३ पुरुष छन् । खस आर्यबाट ९ सय ९७ महिला ८ सय ६७ जना पुरुष, थारूबाट २ सय ६२ जना महिला, १ सय ५८ जना पुरुष, दलिततर्फबाट ४ सय ९६ महिला, २ सय ४२ महिला, मधेसीतर्फबाट ५ सय ६३ महिला, ४ सय ५५ पुरुष, मुस्लिमतर्फबाट १ सय ५७ महिला, ८१ पुरुष, अपांगता भएकाको तर्फबाट १ सय १५ जना महिला, १ सय ५८ जना पुरुष, पिछडिएका क्षेत्रबाट १ सय २२ जना महिला र १ सय ७ जना पुरुषको नाम बन्दसूचीमा समावेश छ। 

दोस्रो चरणको चुनावका लागि प्रत्यक्षतर्फ संघ र प्रदेश गरी ३ सय ३४ जना महिलाको उम्मेदवारी परेको छ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको तुलनामा दोस्रो चरणमा हुने ४५ जिल्लामा प्रत्यक्षतर्फ महिलाको संख्या केही बढी देखिएको छ । तर, प्रतिशतका आधारमा हेर्दा न्यून देखिन्छ।

पहिलो र दोस्रो चरणको चुनावमा गरी जम्मा ३ सय ७५ जना महिलाको उम्मेदवारी परेको हो । मंसिर १० र २१ दुवै चरणको चुनावमा प्रत्यक्ष चुनाव लड्ने कुल ९ हजार ५ सय १५ उम्मेदवार छन् । त्यसमध्ये ५ हजार १ सय ४० जना पुरुष छन् । प्रत्यक्षतर्फ कुल उम्मेदवारको तुलनामा महिलाको ७ प्रतिशत मात्रै छ । मंसिर २१ मा हुने चुनावका लागि ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । पहिलो चरणमा ८ सय ७ जनाको उम्मेदवारी परेको छ । पहिलो चरणमा प्रत्यक्षतर्फ ४१ जनामात्र महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । तर, जित सुनिश्चित भएका स्थानमा त्यसमध्ये ठूला भनिएका राजनीतिक दलले प्रत्यक्ष चुनावमा महिलालाई स्थान दिएका छैनन् । 

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा चुनावका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका छन् । 

बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको कानुनअनुसार योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भएमा सात दिनभित्र दाबी विरोधमा उजुरी दिन पाउने व्यवस्था छ । 

प्रकाशित: १९ कार्तिक २०७४ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App