coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आयोगले समानुपातिक सूची आज सार्वजनिक गर्ने

काठमाडौं-  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा तर्फका समानुपातिक उम्मेदवारको आज नाम सार्वजनिक गर्दैछ।

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले  समानुपातिकतर्फ बुझाएको बन्दसूची आयोगले आज ५ बजेपछि सार्वजनिक गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले नागरिकन्युजलाई बताए।  

दलहरुले पेश गरेको बन्द सूचीबाट प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फका ३३० जना सदस्य निर्वाचित हुनेछन्। असोज २९ गते दलहरुले समानुपातिक तर्फको सूची बुझाएका थिए। बुझाइएको सूची सच्याउन आयोगले दलहरुलाई समय प्रदान गरेको थियो।

समानुपातिकतर्फ आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका छन्।  

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातै प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन्।

दस्रो चरणको निर्वाचनको लागि प्रत्यक्षतर्फ दर्ता गराइएको मनोनयन विरुद्ध आज उजुरी गर्ने समय तोकिएको छ।

प्रकाशित: १७ कार्तिक २०७४ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App