coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसलाई लोकतान्त्रिक शब्द प्रयोगको अधिकार छैनः दाहाल

काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसलाई लोकतन्त्र शब्द प्रयोगको अधिकार नभएको बताएका छन्। लोकतन्त्र शब्द कम्युनिष्टहरुले प्रचलनमा ल्याएको स्मरण गर्दै उनले बामपन्थी गठबन्धनलाई अधियनाकवादी भन्नु छटपटीको सूचक भएको बताए।

'बाम गठबन्धनले चुनाब जितेर स्थिर सरकार बनाउने र देश समृद्ध बनाउने देखेपछि प्रतिक्रियावादीहरु छटपटाएर अनेकथरि बोल्न थालेका छन्। उहाँहरु हामीलाई अधिनायकवादी भन्नुहुन्छ तर हामी संविधान नाघेर जाँदैनौं। यो संविधानभित्र रहनु कसरी अधिनायकवादी भयो?', दाहालले प्रश्न गरे।

'बाम गठबन्धनले चुनाब जितेर स्थिर सरकार बनाउने र देश समृद्ध बनाउने देखेपछि प्रतिक्रियावादीहरु छटपटाएर अनेकथरि बोल्न थालेका छन्। उहाँहरु हामीलाई अधिनायकवादी भन्नुहुन्छ तर हामी संविधान नाघेर जाँदैनौं। यो संविधानभित्र रहनु कसरी अधिनायकवादी भयो?', दाहालले प्रश्न गरे।

चितवन ३ बाट उम्मेदवारी दर्ता गरेपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले काँग्रेसलाई पनि गठबन्धन बनाएर जान सुझाव दिए। 'सबैलाई गठबन्धनमा मिलाए हुन्छ। राजालाई चाहिँ गठबन्धनमा नल्याउनुहोला', दाहालले भने।

दाहालले माओवादी र एमालेबीचको पार्टी एकीकरणको प्रसङ्गमा आफू मदन भण्डारीको सपना पूरा गर्ने दिशामा नजिक पुगेको बताए। भण्डारीले नेपालमा कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गरेर लाने तयारी गरेको र त्यसका लागि आफूसँग भेटको मिति समेत तय गरेको भन्दै उनले अब त्यो सपना पूरा हुने समय आएको जनाए। 'नेपालबाट विश्वलाई र नेपाली जनतालाई नयाँ उज्यालो दिएर जानुपर्छ भन्ने संकल्प कमरेड भदन भण्डारीको थियो। त्यो सपना पूरा गर्न हामी नजिक भएका छौं', उनले भने।

चितवनमा रेल कुदाउने सपना

चुनाबी सभामा सम्बोधन गर्दा स्थानीय विकास र भूमिगत समय स्मरण गर्दै उनले दर्शकको ध्यानाकर्षण गरेका थिए। 'तपाइँले भूमिगत कालमा जसरी तपाइँले सुरक्षा दिनुभयो। जसरी सबै खालको प्रबन्ध गर्नुभयो त्यसको म ऋणी छु। यहाँबाट विजयी भएर म त्यो ऋण तिर्न चाहन्छु', उनले भने।

माओवादी अध्यक्ष दाहालले चितवनसम्म रेलमार्ग ल्याउने विषयमा समेत चर्चा गरे। 'भूमिगत मार्ग बनाएर माडी जाने परिकल्पनादेखि पूर्व पश्चिम रेलमार्ग खुल्ने सम्भावना नै आइसक्यो। पहिलो पटक प्रधानमन्त्री हुँदा मैले लाप्राकदेखि लुम्बिनीसम्म रेलमार्ग ल्याउने सपना देखेको थिएँ। यता दोस्रो पटक प्रधानमन्त्री हुँदा कृष्णनगर हुँदै हेटौंडा हुँदै चितवन रेलमार्ग ल्याउने कुराकानी गरेको थिएँ', उनले भने। चीन सरकारको सहयोगमा रेलमार्ग निर्माणको विषय अघि बढिसकेको चुनाबी भाषणमा बताए।

प्रकाशित: १६ कार्तिक २०७४ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App