६ वैशाख २०८१ बिहीबार
राजनीति

पूर्व सभामुख ढुंगाना भक्तपुर २ बाट काँग्रेस उम्मेदवार

दमननाथ ढुंगाना। फाइल तस्विर

भक्तपुर—नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार उठाएको छ। पार्टी जिल्ला समितिको सिफारिसमा नपरेका पूर्व सभामुख ढुंगानालाई कांग्रेस संसदीय समितिले उम्मेदवार बनाउने निर्णय गरेको हो।

सक्रिय राजनीतिमा नभएका ढुंगाना झण्डै २३ वर्षपछि चुनावी मैदानमा उत्रिएका हुन्।

कहिले काँंग्रेस र कहिले नेपाल मजदुर किसान पार्टीले जित्दै आएको यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले भने उम्मेदबारको टुंगो यतिखेरसम्म लगाएको छैन।

पार्टीको बैठक अहिले यसका लागि बसिरहेको पार्टी स्रोतले जनाएको छ। पार्टीका सचिव एवं पूर्व सभाषद् प्रेम सुवाल वा अर्का पूर्व सभाषद् अनुराधा थापामगरमध्ये एक जना उम्मेदबार हुने बलियो सम्भावना रहेको बताइएको छ।

एमाले माओवादीको बाम गठबन्धनका तर्फबाट भने युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले उम्मेदबारी दर्ता गराइसकेका छन्।

 

प्रकाशित: १६ कार्तिक २०७४ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App