८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले मधेश प्रदेश अधिवेशनमा ओली लगायत अतिथिलाई होटल निशुल्क, प्रतिनिधिबाट २ हजार शुल्क

नेकपा एमालेको मधेश प्रदेश अधिवेशको तयारी अन्तिम अवस्थामा पुगेको छ। एमालेले प्रथम पटक गर्न लागेको प्रदेशस्तरीय अधिवेशन भोलि बुधवारदेखि जनकपुरधामस्थित महेन्द्रनरायण निधि संस्कृति केन्द्रको सभाहलमा हुने प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए। अधिवेशन दुई दिनसम्म चल्ने छ।

मंगलवार प्रेस चौतारीले अयोजना गरेको पत्रकार सम्मेलन मार्फत अध्यक्ष यादवले भोलीदेखि हुने अधिवेशन सम्पूर्ण तयारी भैसकेको जानकारी गराए। अधिवेशनको लागि सात हजार अट्ने क्षमताको पण्डाल निर्माण गरिएको छ।

अधिवेशन व्यवस्थापनका निमित्त एक सय ५ जना स्वम सेवक खटाउने भएको छ। प्रदेशको आठ वटै जिल्लाबाट एक हजार २७ प्रतिनिधि सहभागी हुनेछन्। सहभागीहरुको खानाको व्यवस्था अधिवेशन स्थलमै राखिएको छ। स्वमसेवकहरुका लागि होटेल शुभम र प्रतिनिधिहरुका लागि राजदरबार लगायत २२ वटा होटेलमा व्यवस्था छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेलका लागि जकपुरकै होटेल यात्री निवासले चार वटा कोठा निशुल्क उपलब्ध गराएको छ। अधिवेशनमा कूल ४४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

खर्च व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिबाट दुई हजारको दरले प्रतिनिधि शुल्क तोकिएको छ। त्यस्तै स्थानीय तहका प्रमुखबाट २५, उपप्रमुखबाट २०, गाउँपालिका अध्यक्षबाट २०, उपाध्यक्ष,प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यबाट दसदस हजारको दर लेबी शुल्क लिने प्रदेश अध्यक्ष यादवले जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०८० ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App