coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यस्ता छन् समानुपातिक उम्मेदवार

काठमाडौं – नेकपाएमालेले उद्योगपतिमोतीलाल दुगडलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभातथाप्रदेशसभातर्फको समानुपातिकउम्मेदवारकोबन्दसूचीतयार पारेको छ। 

एमाले सूचीमाखसआर्यतर्फ स्थायी कमिटी सदस्यमुकुन्दन्यौपाने, महिलातर्फ पूर्वमन्त्री राधा ज्ञवाली, दलिततर्फ राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रीतपासवान, जनजाति पुरुषतर्फ विजय सुब्बा, जनजातिमहिलातर्फ थममायाथापाशीर्ष स्थानमाछन्। 

एमालेले बन्दसूची सच्याउने अन्तिमदिन सोमबार बिहानपाँच बजे निर्वाचनआयोगमासूचीबुझाएको थियो । एमाले बुझाएको सूचीमा सोमनाथअधिकारी प्यासी, पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा, देवराज घिमिरेको नाम छ । 
त्यसैगरी परिवार दलकाअध्यक्ष रहेकापूर्वमन्त्रीएकनाथ ढकाल, चुरेभाबरबाट आएकाबद्रीन्यौपानेपनिएमालेको समानुपातिक सूचीमारहेको स्रोतले जनायो । 
समानुपातिक सूचीमारामचन्द्र अधिकारी (नवलपरासी) को नामपनि छ । पञ्चायतकालदेखि नै शिक्षक संगठनमा लागेकाअधिकारी हाल जेष्ठ मञ्चका सदस्य छन् । सामुदायिक रेडियो प्रसारकहरुको संगठनका अध्यक्ष रहेकामीनबहादुर शाहीपनि सूचीमापरेका छन् । 

एमालेकासमानुपातिकतर्फका १ सय १० उम्मेदवारमध्ये ५७जनामहिलाछन् ।महिलामाविन्दा पाण्डे,कल्याणी खड्का, गोमा देवकोटा, सरितान्यौपाने, शर्मिलाकार्की, निरु पाला, माया ज्ञवाली, सीतागिरी ओलीलगायत छन्।
 
मधेसी महिलातर्फजुलीमहतो(धनुषा), जगतारदेवी साह(सिरहा), चन्द्रकालदेवी सिंह(धनुषा), रेखाझा(रौतहट), अनितायादव, मञ्चलाझा,पुष्पा कर्णलगायत छन्  ।
दलितमहिलामाधनकुमारी सुनार (मकवानपुर), विमलाविक(झापा), विमलाविक(बर्दिया),जनजातिमाखगेन्द्र राई, दलिततर्फ बमबहादुर नेपाली, ईश्वरीबहादुर विश्वकर्मा, तुलसीपासी (नवलपरासी)को नाम छ । 

जनजातिमहिलातर्फ शिवमायातुम्बाहाम्फे, रामकुमार झाँक्री, नवीनालामा, सुजिताशाक्यको नाम छ । त्यसैगरी मुस्लिमतर्फ सिराजअहमतफारुकी छन् । 
मधेसी पुरुषतर्फ केन्द्रीय सदस्यहरु श्रीप्रसाद साह, दिनेशचन्द्र यादवकोनाम छ । उनीहरूउद्योगपति दुगडभन्दापछि रहेका छन् । त्यसैगरी ओली सरकारमामन्त्री रहेका मेघराज नेपालीनिषादपनिमधेसीकोटाको सूचीमा छन्। 

जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा केन्द्रीय सदस्य खगेन्द्र राईको नाम छ । 
एमालेभित्र पटक पटकअवसर प्राप्त गरेकार यसअघि समानुपातिकमा सांसद भएकासमेत यसपटक सूचीमा परेका छन्।

‘समक्षआरक्षण भने एकपटक मात्रै होइनभन्नेहरुसमेत अहिलेको समानुपातिक सूचीमा रहेका छन्,’ एमालेका एक नेताले भने, ‘पहिलापनि समानुपातिकतर्फ सूचीमा परेर सांसद भएकाहरु अहिले पनि परेका छन्।’ 

प्रकाशित: १४ कार्तिक २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App