५ वैशाख २०८१ बुधबार
राजनीति

निर्वाचन लोकतान्त्रिक उत्सव : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रुपमा मनाउन सबैलाई आह्वान गरेका छन्।

मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सर्ने आशंका प्रमुख प्रतिपक्षी दलले गरिरहेका बेला प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रिय समाचार समिति (रासस) को नयाँ भवन शिलान्यास गर्दै निर्वाचनले लोकतन्त्रको जग दरिलो बनाउने बताएका हुन् । ‘आवधिक निर्वाचन लोकतन्त्रको आत्म हो,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘निर्वाचन हुनेमा आशंका होइन यसलाई लोकतान्त्रिक उत्सवका रुपमा सफल बनाउन लागाैँ।’

 नेपालका सञ्चार माध्यमले नागरिक हक र लोकतन्त्र स्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै देउवाले संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वमार्फत लोकतन्त्रको जग दरिलो बनाउन सञ्चार जगतले अझै थप सकारात्मक भूमिका खेल्नुपर्ने बताए । ‘आउँदो निर्वाचनमा नागरिकलाई सहभागी गराई लोकतान्त्रिक हक, अधिकारको रक्षा गर्न तपाईंहरूको महत्त्वपूर्ण भूमिका छ,’ देउवाले भने।

साह कांग्रेसमा
काठमाडौं, कात्तिक ९ (नागरिक)– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप साहलाई पार्टी प्रवेश गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा देउवाले साहलाई पार्टी प्रवेश गराएका हुन्। 

पार्टीनेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विजयकुमार गच्छेदारसहितका नेताको उपस्थितिमा साह कांग्रेस पसेका हुन् । उनी कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए । त्यस्तै, एक अर्को कार्यक्रममा देउवाले नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरेका रामेछापका दुई सय जनालाई पार्टी प्रवेश गराएका छन्। 

  

प्रकाशित: १० कार्तिक २०७४ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App