३० श्रावण २०७७ शुक्रबार
राजनीति

देउवाद्वारा चिनियाँ राष्ट्रपति सि विचारधाराको प्रशंसा

काठमाडौं—प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनका राष्ट्रपति सि जिङपिङलाई बधाई सन्देश पठाएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कँग्रेसबाट पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकोमा प्रधानमन्त्री देउवाले सिलाई बुधबार बधाई सन्देश पठाएका हुन्।

उनले 'सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय' र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको विचारधाराको सराहना गरेका छन्।

प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उनको गतिशील नेतृत्वप्रति दर्शाएको विश्वासको संकेत भएको उल्लेख गरेका छन्।

चिनियाँ जनताको सामाजिक–आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै उनले 'सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय' र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको विचारधाराको सराहना गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। 

विज्ञप्ति

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App