coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी

काठमाडौं- सरकारले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी गरेको छ। कानुनमन्त्री यज्ञबहादुर थापाले दिएको जानकारी अनुसार यो अध्यादेश सोमबारको मन्त्रिपरिषदले अनुमोदन गरी प्रमाणिकरणको प्रक्रियामा रहेको छ।  

सत्ता पक्ष कांग्रेस र प्रमुख विपक्षी एमालेबीच एकल संक्रमणीय मत प्रणाली राख्ने वा नराख्ने विवाद जारी रहँदा संसदको अन्तिम बैठकसम्म पनि राष्ट्रिय सभा निर्वाचन सम्वन्धी विधेयक कार्यसूचीमा राख्दै हटाईदै आएको थियो।

संसदको अवधी सकिएपछि सरकारले सोमबार चिकित्सा शिक्षा अध्यादेश पारित गरेको  सार्वजनिक गरे पनि संगै पारित गरिएको राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेशको बारेमा जानकारी दिएको थिएन। दुवै विधेयक संसदबाट पारित हुन सकेका थिएनन्।

अहिले जारी गरिएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीकै प्रावधान राखिएको छ। यो प्रावधानको स्थानीय निर्वाचनमा धेरै सिट जितेको एमालेले कडा विरोध गर्दै आएको छ।

प्रतिनिधि सभाको र प्रदेश सभाको निर्वाचन पछि राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया सुरु हुने छ। ५९ सदस्यीय राष्ट्रिय सभाको गठनको संवैधानिक प्रक्रिया यस्तो छ:

 

 

 

 

 

 

प्रकाशित: ७ कार्तिक २०७४ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App