६ वैशाख २०८१ बिहीबार
राजनीति

पशुपति शम्सेरको मनोनयन दर्ता गराउन सिन्धुपाल्चोक पुगिन् रेखा थापा

सिन्धुपाल्चोक- वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए।

            संघ र प्रदेशसभामा पञ्चायती राजनीतिका हस्ती राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्सेर जबरा, माओवादी केन्द्रका स्थायी समिति सदस्य अग्नि सापकोटा, सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र एमाले पोलिटव्यूरो सदस्य अरुण नेपालको उम्मेदवारीले सिन्धुपाल्चोक चर्चामा छ।

            ब्याण्ड बाजाको साथमा कम्यूनिस्ट, सूर्य र गोलाकारभित्रको हैसिया हथौडा अंकित झण्डा फहराउँदै एमाले–माओवादी केन्द्रको वाम गठबन्धन सबैभन्दा पहिला उम्मेदवार दर्ता गराउन पुगेका थिए । वाम गठबन्धनको नेतृत्व माकेका नेता सापकोटाले गरेका थिए । उनी वाम गठबन्धनको तर्फबाट संघीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा छन् ।

            परम्परागत पञ्चैबाजा, धिमै बाजाले बजार गुञ्जाउँदै कांग्रेस–राप्रपा (प्रजातन्त्रिक) को लोकतान्त्रिक गठबन्धनले उसैगरी नारावाजीको साथ दलीय चुनाव चिह्न अंकित झण्डा फहराउँदै उम्मेदवारहरुको मनोनयन दर्ता गराएको थिए । यो गठबन्धको नेतृत्व राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष जबरा, मन्त्री बस्नेतले गरेका थिए । एक–अर्कालाई सघाउने निर्णय अनुसार जबरा संघीय क्षेत्र नं. २ र कांग्रेस केन्द्रीय सदस्य रहेका बस्नेत संघीय क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा होमिएका छन् ।

            सयपत्री फूलको माला, खादा र अबिर टीका लगाएका दुबै गठबन्धनका उम्मेदवारहरु ‘दुलाह’ जस्ता देखिन्थे । रुख र गोलाकारभित्र हलो चिह्न अंकित झण्डा बोकेका लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता ¥यालीमा बढी उत्साही देखिन्थे । उसले बाम गठबन्धनको तुलनामा केही बढी कार्यकर्ता उतारेको थियो । चुनावी तालमेलले दुबै पार्टीका बलिया आकांक्षी बाहिर परेपछि बाम गठबन्धनको र्‍यालीमा निरासासमेत देखिएको थियो ।

            लोकतान्त्रि गठबन्धनका उम्मेदवारहरुको मनोनयन दर्ता गराउन चर्चित अभिनेत्री तथा राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थाप, नेता सुनिलबहादुर थापासमेत आएका थिए । अभिनेत्री थापाले गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आएको बताइन्। ‘लोकतान्त्रिक गठबन्धनलाई जिताउनु छ । सँगै हाम्रा पार्टी अध्यक्ष (राणा) लाई पनि जिताउ नै पर्‍यो,’ उनले यहाँ आउनुको कारणमा भनिन् ।

            संयूक्त र्‍यालीमा आ–आफ्नो दललाई भोट माग्दा दुबै गठबन्धन नेता, कार्यकर्ता झुकिन्थे । बाम गठबन्धनमा भोट के मा भन्दा केही सूर्यमा भन्थे, कतिपय गोलाकारभिको हँसिया हथौडामा । लोकतान्त्रिक गठबन्धनमा पनि कतिपय रुखमा भन्थे त केही हलोमा । त्यातिबेला नेता, कार्यकर्ताबीच हाँसो चल्थ्यो ।

            नगन्य संख्यामा स्वतन्त्र उम्मेदवारी बाहेक बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारकै मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार  संघीय निर्वाचन क्षेत्र नं. १ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता अग्नि सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता मोहनबहादुर बस्नेतको उम्मेदवारी दर्ता भएको छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा क मा विष्णुबहादुर खत्री (कांग्रेस) र ख मा राजेन्द्रकुमार श्रेष्ठ तथा बाम गठबन्धनबाट क्रमश ः अरुण नेपाल (एमाले) र सरेश नेपाल (एमाले) को मनोनयन परेको छ ।

            संघीय निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनका राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपति शम्सेर जवरा र बाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा  क  र ख मा लोकतान्त्रिक गठबन्धनबाट विकास तामाङ (कांग्रेस), निमा लामा ह्योल्मो (कांग्रेस) र बाम गठबन्धनबाट क्रमशः युवराज दुलाल (माके) र दावा तामाङ (माके) को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

             

 

प्रकाशित: ५ कार्तिक २०७४ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App