१६ चैत्र २०८० शुक्रबार
राजनीति

जाजरकोटमा वाम गठवन्धन संकटमा, पूर्व गृहमन्त्री बस्नेतविरुद्ध बागी उम्मेदवार

जाजरकोट-  केन्द्रमा  शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि  जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ।

 माओवादी केन्द्र र एमालेको  गठवन्धनको सहमति अनुसार भएको  प्रतिनिधि सभा र प्रदेश सभामा  सीट वाँडफाँटको तालमेल जिल्ला स्तरमा कार्यन्वयन नभएपछि गठवन्धन  अप्ठेरोमा परेको हो ।

आइतबारसंगै  उम्मेदवारी दर्ता गर्न जाने भनेर सल्लाह गरेका  एमाले माओवादीका नेताहरु  उम्मेदवारी दर्ताका बेला एमाले उम्मेदवारलाई व्याक गरेर  माओवादीका नेताको उम्मेदवारी दर्ता  गर्ने माओवादी केन्द्रिय कार्यालयबाट सूचना आएपछि एमालेका  नेताहरुले एक्लै गएर उम्मेदवारी दर्ता गराएका थिए ।

 प्रतिनिधि सभामा  माओवादी   केन्द्र र  प्रदेश सभाका दुवै क्षेत्रमा एमालेले लिने तालमेलको सहमति  उम्मेदवारको  मनोनयनपत्र दर्ता गर्ने दिन अर्थात आइतवार  दुवै पक्षले तोडेपछि गठवन्धन  संकटमा परेको हो। वाम गठवन्धनपछि  नेपाली काँग्रेसलाई सजिलै जित्न सकिने  आँकलन  गरेका  एमाले माओवादीका  नेता कार्यकर्ताहरु अहिले  मलिन देखिएका छन्।

वाम गठवन्धनका  नेताहरुले  आफ्ना आफ्ना पार्टीको केन्द्रिय नेतृत्वको निर्देशन अनुसार  छुट्टाछुट्टै  उम्मेदवारी दर्ता गरेपछि पार्टीका  कार्यकर्ताहरु र शुभचिन्तकहरु  अलमलमा परेका हुन्।   माओवादी  र एमाले दुवै दलका नेताहरुले आफ्नो पार्टीको केन्द्रिय नेतृत्वको निर्देशनअनुसार  उम्मेदवारी दर्ता गराएको  बताएका छन् ।  दुवै पक्षका नेताहरुले  एक अर्कालाइ  सहमति तोडेको आरोप लगाएका छन्  ।  माओवादी केन्द्रका  नेता शक्तिवहादुर वस्नेतले  प्रदेशको एक सीट माओवादीलाइ छोड्ने गरि भएको सहमति  एमालेका नेताहरुले  नमानेको  बताए  । हाम्रो पार्टीका अध्यक्ष प्रचन्ड र  एमाले अध्यक्ष केपी ओलीबीच भएको सहमति अनुसार  प्रदेश सभाका लागि क्षेत्र नम्वर १मा आफ्नो पार्टीका तर्फवाट उम्मेदवार दिइएको  वस्नेतले बताए। 

उता  एमालेका नेता निरज आचार्यले भने   आफुहरुलाई माओवादीसंग सीट  फेर्ने गरि कुनै सहमति नभएकोले आफुहरुले  सवै पदमा  उम्मेदवारी दिएको बताए ।  आफ्नो  पार्टीका शिर्ष नेताहरुले  सीट फेर्ने गरि कुनै  सहमति नभएकोले आफ्नो उम्मेदवारी कायम राख्न निर्देशन दिएको  उनले बताए । 

दुवै पार्टीले  सवै पदमा  उम्मेदवारी दिइसकेकाले  अव  गठवन्धनको सहमति कायम हुन गाह्रो रहेको एमाले  कार्यकर्ता देवेन्द्रप्रसाद शर्माले बताए । उनले  अन्तिम समयमा आएर आफ्नो पार्टीका  नेतालाई  उम्मेदवारी  नदिन भनिएको छ  यसमा  सम्भावना मैले देखेको छैन  उनले भने।

 त्यस्तै माओवादी केन्द्रका  नेता  इमास्वर देवकोटाले  एमालेका  नेताहरुले  आफ्नो उम्मेदवारी  नझिके सम्म सहमतिको कुनै सम्भावना नभएको  बताए।  उनले   माथिल्लो तहमा भएको सहमतिलाइ  दुवै पक्षले  कार्यान्वयन गर्नुपर्ने  बताए ।  माओवादी केन्द्रका तर्फवाट प्रदेश सभाका लागि क्षेत्र नम्वर १मा उम्मेदवार दिएपछि  असन्तुष्ट वनेका एमाले  नेता कार्यकर्ताहरुले  पूर्व मन्त्री एवम  माओवादी सचिवालय सदस्य शक्ति वस्नेतका विरुद्ध प्रतिनिधि सभामा  गोविन्द्र विक्रम शाहलाइ मनोनयन पत्र दर्ता गर्न लगाएका छन् । त्यस्तै प्रतिनिधि सभामा एमाले नेता गोविन्द्र विक्रम शाहले  उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रका नेता नरवहादुर कार्कीले पनि  प्रदेश सभाका लागि क्षेत्र नम्व्र २ मा  आफ्नो उम्मेदवारी दर्ता गरापछि  वाम गठवन्धनको  सहमति अप्ठेरोमा परेको हो।  दुवै पक्षका केहि  नेता कार्यकर्ताहरुले   ८ गते सम्म  उम्मेदवारी फिर्ता लिने समय रहेको र  त्यतिवेला सम्म कुनै सहमति हुन सक्ने  दावी गरेका छन्।

माओवादी केन्द्रका  नेता  ढकवीर रानाले  ८ गते सम्म सहमति  गराउन पहल गर्ने  वताए ।   उता एमालेका नेता कमानवहादुर खड्काले भने जिल्ला तहमा छलफल गरेर सहमति  नहुने र  माथिल्लो तहवाटै कुनै  सहमति गरेमात्र   सम्भावना रहेको  उनले बताए। 

प्रकाशित: ५ कार्तिक २०७४ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App