१५ चैत्र २०८० बिहीबार
राजनीति

ताेकिएकाे मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि ताेकिएकाे मितिमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । 'प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ । सोहि मितिमा निर्वाचन सम्पन्न गरेर देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ । अब यस कुरामा कसैले शंका नगरे हुन्छ,'उनले भने ।  नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने बताएका हुन् ।

गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्को सुरुवात गरेकाे चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन १० लाख सरकारका तर्फबाट प्रदान गरिने जानकारी गराए । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरूवात गरेका थिए ।  यस वर्षको नेपाल संवत् नयाँ वर्षको नारा ‘नेपाःया म्हसीका, नेपाःया गौरव : राज्य हे छ्यलेमाः नेपाल संवत्’ रहेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जीवन्त बनाइराख्न महानगरपालिकाले थप विविध कार्य गर्न लागेको जानकारी दिए ।

 

प्रकाशित: ३ कार्तिक २०७४ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App