१५ चैत्र २०८० बिहीबार
राजनीति

समानुपातिकले राजपामा तनाव, सूची सच्याउन माग गर्दै धर्ना

पार्टी कार्यालय ववरमहलमा धर्ना बस्दै राजपाका नेता कार्यकर्त ।

काठमाडौं- पार्टीले पेश गरेको सामानुपातिक सूचीले राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सुरु भएको छ। समानुपातिक सूचीमा परेका केही नामहरु तत्काल हटाउनु पर्ने माग नेता कार्यकर्ताहरुले गरेका छन्।  

राजपामा सामानुपातिकबाट सिफारिसमा परेका नामहरु सच्चाउन माग गर्दै पार्टी कार्यालय ववरमहलमा धर्ना सुरु भएको छ।

पार्टीका महासचिव केशव झा, पेशल ढकालको नेतृत्वमा करिव २० जना कार्यकर्ताहरुले पार्टी कार्यालयको मुल ढोका अगाडि धर्नामा बसेका छन्।

नामै नसुनिएका र पार्टीको साधारण सदस्य समेत नरहेका व्याक्तिको नाम तत्काल हटाउन उनीहरुले माग गरेका छन्।

४ गते सम्म दैनिक ४ घण्टा धर्ना दिने र माग पुरा नभए ५  गतेबाट रिले अनशनमा बस्ने उनी जनाएका छन्।

स्याङजाकी नरमायाँ ढकाल, सोलुकी निमा छिरिङ शेर्पा २ नम्बर प्रदेशकी निलम देवी भुमिहारीको नाम तत्काल हटाउन समेत उनीहरुले माग गरेका छन्।

यस अघि पार्टीको लाभको पदमा बसेका लाई पनि हटाउन माग  गरिएको छ।  प्रदेश सभा र प्रतितिनिध सभाका उम्मेदवार छनौटको लागि तत्काल निर्वाचन समिति बनाउन समेत उनीहरुले माग गरेका छन्।

प्रकाशित: १ कार्तिक २०७४ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App