१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालमा शान्ति आवश्यक: मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत रहेको उल्लेख गरे। कानून, संविधान बमोजिम आफ्नो जीवनको संस्कृतिको रुपमा शान्तीलाई विकास गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले नेपालको भविष्य सुन्दर रहेको भन्दै नेपाली राजनीतिक फाँटमा जहाँ भएपनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा रहेको बताए।

उनले भने, ‘आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत हुनुहुन्छ। नेपालको राजनीतिमा कुनै न कुनै रुपमा सबै राजनीतिक दलहरु हामीले हतियार उठाएको हाम्रो आफ्नै इतिहास छ, चाहे त्यो २००७ सालको क्रान्तिको बेला होस्, १८ सालमा सशस्त्र आन्दोलन, ०२५, ०२६ सालपछि बिपीको नेतृत्वमा भएको क्रान्तिको कुरा होस्। नेपालको गान्धीवादी व्यक्तित्वको ब्यानरमा उभिएर नेपालमा शान्तिको आवश्यकता छ। यो शान्ति कानून, संविधान बमोजिम हामीले आफ्नो जीवनको संस्कृतिको रुपमा विकास गर्नुपर्छ। हामीले यो एक स्वरले बोलिरहेका छौँ। यसले नेपालको भविष्य सुन्दर छ, र हामी नेपाली पनि राजनीतिक फाँटमा जहाँ भएपनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा छौँ।’

मन्त्री साउदले नेपालको राजनीतिमा कुनै न कुनै रुपमा सबै राजनीतिक दलहरुले हतियार उठाएको बताए।

प्रकाशित: १५ आश्विन २०८० १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App