१६ चैत्र २०८० शुक्रबार
राजनीति

संसदमा ओलीको प्रश्न: सरकारले कानुन मान्नु पर्दैन ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरित मन्त्री थपेर कानुनको उल्लङघन गरेको बताएका छन्।

रुपान्तरित संसदको अन्तिम बैठकमा बोल्दै उनले नेपाली जनताले कर तिरेको पैसासँग सरकारले खेलवाड गरेको बताए। ओलीले यो संसदीय अभ्यासकै लाज भएको बताए।

निर्वाचन आयोगले आचारसंहिता लागु भैसके पछि मन्त्री नथप्न भन्दा भन्दै सरकारले सरकार विस्तार गरेर गल्ती गरेको बताए।

संसदको म्याद सकिए पछि प्रधानमन्त्रीले के गर्दैछन् भन्ने अनुमान गर्न सकिने उनले बताए। माओवादीका मन्त्रीहरुलाई विनाविभागिय बनाउन खोजेको हो भन्दै उनले प्रश्न गरे।  

'मन्त्रिपरिषद विस्तार गैर कानुनी भयो भन्दा भन्दै मन्त्री थपिरहने के हो यो ?' उनले प्रश्न गरे, 'सरकारले कानुन मान्नु पर्दैन ?'

कानुन विपरित भएका मन्त्रीलाई बधाई दिन नसकेको उनले बताए। सरकारले कानुन मिचे पनि आफुले कानुन मिचेर भएका मन्त्रीलाई बधाई दिन नसकेको उनको भनाई थियो।

'निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तार सच्याउ भनेको छ कसरी सपथ गराउन जाँदै हुनुहुन्छ ?', भन्दै उनले प्रधानमन्त्रीसँग प्रश्न गरे।

चुनाव गराउन धेरै मन्त्री नचाहिँने बताउँदै उनले प्रधानमन्त्री मन्त्रीलाई किन मन्त्री थपेको भन्दै ओलीले प्रश्न गरे।

'मन्त्री थप्दा पनि काम दिन नसकेर विना विभागिय मन्त्री किन बनाउनु भयो म सोध्न चाहन्छु', उनले भने।

अहिले सरकाको एक मात्र काम निर्वाचन गराउने भएको उनले बताए। शान्तिपूर्ण ढंगबाट निर्वाचन गराउन सरकारलाई पूर्ण सहयोग हुने ओलीले बताए। संविधान सभालाई समानुपातिक र सहभागिता मुलक बनाएर संविधान जारी गरिएको उनले बताए। कहिले काँही असन्तष्टि आए पनि संविधान बनाउन सफल हुन गर्वको विषय भएको उनको भनाई थियो।

प्रकाशित: २८ आश्विन २०७४ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App