१५ चैत्र २०८० बिहीबार
राजनीति

राष्ट्रिय आवश्यकताकाे कारण वामपन्थी शक्ति एकीकरण : अध्यक्ष दाहाल

काठमाडौँ -  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताए ।  नेकपा(माले)बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि एकता जरुरी रहेको जनाएका थिए ।

'ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता हो । समयको चाहना हो । समाजवादी क्रान्तिको आधार तयार पार्न हामीले एकीकृत प्रयास गर्न लागेका हौँ । विचार, सिद्धान्त र समयको आवश्यकताका आधारमा नेकपा(एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीकाबीचमा एकता अत्यावश्यक र जरुरी रहेको छ,'उनले भने ।

हिमाल, पहाड, तराईलाई एकीकृत बनाएर संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पछिल्लो दिनमा पार्टीप्रति आर्कषण बढेको उनकाे दाबी थियो ।
'लामो समय प्रदेश नं ७ लाई पछाडि पारियो, अब त्यस्तो हुन दिइँदैन । विकासको लहर ल्याउन पनि सबै पक्ष एकीकृत र एकजुट हुनु जरुरी छ।'

प्रकाशित: २२ आश्विन २०७४ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App