२० असार २०७७ शनिबार
राजनीति

राजदूत उपाध्यायद्वारा राजीनामा

काठमाडौँ – भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। 

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताए। उनले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन्। 

उनले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कने बताइएको छ। 

प्रकाशित: २० आश्विन २०७४ १५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App