८ वैशाख २०८१ शनिबार
राजनीति

रसुवामा वाम गठबन्धनको संयुक्त भेला

रसुवा- वाम गठबन्धनले रसुवामा संयुक्त भेला गरेका छन् । वाम गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीले जिल्लाको कालिकास्थानमा भेला गरेका हुन् ।
भेलामा सहभागी नेताहरूले केन्द्रीय नीतिको कार्यान्वयनको सुरुवात गरिएको बताएका छन् । आगामी दिनमा एकजुट भई अघि बढ्ने बताउँदै उनीहरूले तीनबुँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
जिल्लाभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकजुट भई अघि बढ्न सामूहिक आह्वानसमेत गरिएको नेताहरूले बताएका छन् । रसुवाबाट असल अभ्यास सुरु गरिने एमालेका अध्यक्ष कर्नेल लामाले बताए ।  
उनले भने, ‘आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एकजुट भई गठबन्धनको जुनसुकै नेता उम्मेदवार उठे पनि निर्वाचित गर्ने निर्णय भएको छ ।’
तीन दलबीच भएको गठबन्धनलाई जिल्ला तहमा कार्यान्वयन गर्न अभियान सुरु गरिएको सभासद् जनार्दन ढकालले बताए । उनले भने, ‘यो ऐतिहासिक भेला हो र यसले नयाँ अध्याय सुरु गर्नेछ ।’
भेलामा एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष इन्द्र गौतम जगतजंग, नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य तेम्ब्रेल तामाङ र जिल्ला संयोजक प्रेम तामाङले सम्बोधन गरेका थिए ।

प्रकाशित: २० आश्विन २०७४ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App