३१ असार २०७७ बुधबार
राजनीति

हृदयश त्रिपाठीसहित राजपाका पाँच नेताद्वारा पार्टी परित्याग, सूर्य चिह्न लिएर चुनाव लड्ने

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीसहित पाँच नेताले पार्टी परित्याग गरेका छन्। उनीहरुले स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग समन्वय गरी सूर्य चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने भएका छन्।

'स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्,' एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ- 'तराई-मधेससमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ।'

विज्ञप्तिमा समूहका तर्फबाट हृदयेश त्रिपाठी (नवलपरासी), विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गरेका छन्।

दुवै पक्ष संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकतानुसार संविधान परिमार्जन र विकास गर्दै जान, तराई-मधेसका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न तथा सम्पूर्ण नेपालीको सुखी र समृद्धि जीवनका लागि सहकार्य गर्न सहमत भएका छन्।

प्रकाशित: १७ आश्विन २०७४ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App