coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रौतहटमा १६ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस अगाडी

रौतहट- रौतहटका १८ वटा स्थानीय तह मध्ये १६ स्थानको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएकाहरु मध्ये नेपाली काँग्रेस ८ स्थानमा, संघीय समाजवादी फोरम नेपाल ३ स्थानमा, माओवादी केन्द्र २ स्थानमा, राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानमा र नेपाल लोकतान्त्रिक फोरम १ स्थानमा विजय प्राप्त गर्न सफल भएका छन्।

गरुडा नपाको वडा नम्वर ३ मा नेपाली काँग्रेसका कृष्णकुमार सहनी १ मतको झिनो अन्तरबाट विजयी हुँदा उनका निकटम प्रतिद्धन्दी माओवादी कन्द्रका शैलदेवी सहनी पक्षधरहरु धाँधली भयो भन्दै तीन दिन सम्म मतगणना अवरुद्ध बनाएपछि निर्वाचन आयोगबाट त्यसैलाई सदर गर्ने परिपत्र जिल्ला निर्वाचन कार्यालयमा पठाउँदा शुक्रवार साँझ देखि मतगणना कार्य पून प्रारम्भ भएको छ।

गरुडा नपामा भईरहेको मतगणनाको परिणाम अनुसार संघीय समाजवादी फोरम नेपाल, नेपाली काँग्रेस र एमाले प्रमुख प्रतिष्पर्धीको रुपमा एक अर्कालाई पछ्याउने क्रम जारी रहेको छ। यस्तै कटहरिया नगरपालिकामा भईरहेको मतगणनामा माओवादी केन्द्रको अग्रता छ। यसअघि रौतहटमा मतपरिणम सार्वजनिक भएकोहरुमा चन्द्रपुर नपामा रामचन्दै चौधरी, राजपुर नपामा महम्मद शकिल अख्तर, परोहा नपामा शेख वकिल, गढीमाई नपामा श्यामबाबु यादव, फतुवा विजयपुरमा गोपाल राय यादव, वृन्दावन नपामा रामस्नेही यादव र दर्गा भगवती गाउँपालिकामा अरुण साह नेपाली काँग्रेसको तर्फबाट ८ स्थानमा विजय हासिल गर्न सफल भएको छ। संघीय समाजवादी फोरम नेपालबाट देवाही गोनाही नपामा धर्मेन्द्र पटेल, बौधिमाई नपा रबी रंजन यादव, माधव नारायणमा विरेन्द्र यादव जितेका छन् भने माओवादी केन्द्रबाट मौलापुर नपामा रिना साह र यमुना माई गाउँपालिकामा श्रीप्रकाश मुखिया विन राजपा नेपालबाट गौर नपामा अजय गुप्ता, गुजरा नपामा सन्तलाल चौधरी तथा नेपाल लोकतान्त्रिक फोरम नेपालबाट इशनाथ नपामा सन्तोष मेहताले विजय हात पारेका छन्।

विजयी उम्मेदवारहरु आआफनो नपा तथा गापामा विजयी जुलुश प्रदर्शन गरी जनताहरुलाई धन्यवाद दिनमा व्यस्त रहेका छन्।

 

     

 

प्रकाशित: ७ आश्विन २०७४ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App