१९ श्रावण २०७७ सोमबार
राजनीति

प्रधानमन्त्री देउवाको सम्मानमा रात्रिभोज

न्यूयोर्क- प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बुधबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्। प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान यहाँ आइपुगेका हुन्। 

रात्रिभोजमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, यहाँस्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत उच्च अधिकारी सहभागी थिए। 

महासभाको दौरानमा प्रधानमन्त्री देउवाले भोलि अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। 

प्रधानमन्त्री देउवाले असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। रासस

प्रकाशित: ५ आश्विन २०७४ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App