१६ चैत्र २०८० शुक्रबार
राजनीति

गौर र गरुडामा एमाले, चन्द्रपुरमा माओवादीको अग्रता

रौतहट— स्थानीय तहको तेस्रो चरणको दुई नम्बर प्रदेशमा सम्पन्न भएको निर्वाचनको मतगणनाअनुसार रौतहट जिल्लाको पुराना तीन नगरपालिकामा मध्ये २ स्थानमा नेकपा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छन्।

गौर नगरपालिकामा एमाले उम्मेदवार शम्भु साह कानु ४७४ र राजपाका अजय गुप्ता ३३९ मत पाएको छन्। गरुडा नपामा एमालेका कलिमुल्लाहले ३८४ र काँग्रेस सुनिलकुमार यादव २९८ मत ल्याएका छन्। चन्द्रपुर नपामा माओवादी केन्द्रका यवराज भटराई १०६४ र काँग्रेसका रामचन्द्र चौधरी ८१३ मत प्राप्त गरेका छन्। 

अहिलेसम्मको पुरानो नगरपालिकाको मत परिणामको अवस्था हेर्दा दुई स्थानमा एमाले र एक स्थानमा माओवादीको अग्रता छ। १८ वटा स्थानीय तहको १६ स्थानको मतपरिणाम आउने क्रम जारी छ। मतगणना सुस्त देखिएकाले परिणाम आउन केही दिन लाग्नेछ।

इशनाथ नगरपालिकाको वडा नम्वर १ मा काँग्रसको विगुसाह बनिया, परोहा नपा वडा नम्वर १ मा काँग्रेसका शेख महमुद र वृन्दावन नगरपालिका ९ मा काँग्रेसकै शेख नाजिर हुसैन प्यानलसहित विजयी भएका छन्। परोहा नपा २ मा एजाजुर रहमान, फतुहा विजयपुर नपा १ मा संजय साह विजयी भएका छन्। उनीहरु दुवै माओवाद्र केन्द्रका उम्मेदवार हुन्। यो विजय आधिकारीक रुपमा जिल्ला निर्वाचन कार्यालयबाट घोषणा हुन बाँकी छ।

मौलापुर, कटहरिया, राजदेवी नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा विवाद हुँदा मतगणना कार्य बुधवार दिउसोबाट मात्र सुरु भएको छ। 

प्रकाशित: ३ आश्विन २०७४ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App