coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सीमा क्षेत्रको बाँध अन्तर्राष्ट्रिय मान्यताविपरीत : भट्टराई

राजविराज- नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपाल-भारत सीमा क्षेत्रमा बाँध बनाएको बताएका छन्। सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्ता बाँधहरु भारतले हटाउनुपर्ने बताए।

'भारतले सीमा क्षेत्रमा निर्माण गरेका बाँधहरु हटाएर नयाँ ढंगले सीमा क्षेत्रको विकास निर्माण गर्नुपर्छ,' उनले भने। त्यसका लागि दुई देशबीच छलफल र सहमति हुनुपर्ने उनको जिकिर थियो।

भट्टराईले नेपाल सरकारले डुबान र हस्तक्षेपको विषयमा कुरा उठाउन नसकेको आरोपसमेत लगाए। 'सीमामा भएको बाँधको सबालमा मेरो नेतृत्वको सरकारले भारतसँग छलफल हुनु गरेको थियो। त्यो विषय पछिल्ला सरकारहरुले गर्न सकेका छैनन्। यस विषयमा अझै प्रभावकारी ढंगले छलफल गर्न जरुरी छ,' भट्टराईले भने।

नयाँ शक्ति नेपालले अहिलेको चुनावालई भविष्यको आधारको रुपमा मात्र हेरेको संयोजक भट्टराईले बताए। वैकल्पिक शक्तिको रुपमा पार्टीलाई उभ्याउन चाहेको भन्दै उनले जनमतको कदर गर्न चुनावमा आएको बताए। 'हामीले जनमतको कदर र पार्टीको भविष्यको आधार बनाउन चुनावमा आएका हौं। यसले पार्टीलाई वैकल्पिक शक्ति निर्माणमा सघाउ पुर्‍याउनेछ,' भट्टराईले भने।

उनले मधेसको मुद्दा जहीँको तहीँ राखेर सरकार चुनावमा होम्मिएको आरोप लगाए। चुनावअघि नै मधेसी दलले चाहेको संविधान संशोधन हुनुपर्ने उनको भनाई थियो। 'चुनावअघि नै मधेसी जनताले चाहेको संविधान संशोधन हुनुर्पथ्यो। तर त्यो हुन सकेन। मधेसको चाहना नकारेरै यहाँसम्म ल्याएपनि मधेसी जनताको चाहना सबै दलले बुझ्न जरुरी छ,' उनले भने।

उनले अब मधेसलाई अधिकार र राजनीतिका कुरामात्र नभएर आर्थिक, राजनीतिक र विकास निर्माणका कुरामा जोड दिनुपर्छ।

प्रकाशित: २९ भाद्र २०७४ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App