१६ चैत्र २०८० शुक्रबार
राजनीति

सिस्वामनरा नगरपालिकामा दलित महिला सदस्य निर्विरोध

महोत्तरी- सिस्वामनरा नगरपालिकाको वडा नं. ८ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका दलित महिला सदस्य संजोगिया देवी निर्विरोध निर्वाचित भएकी छिन्।

नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित सदस्य नेपाली काँग्रेसकी संजोगिया बाहेक अरु कुनै पनि पार्टी अथवा स्वतन्त्र उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचीत भएको बताए। महोत्तरीमा निर्विरोध निर्वाचित हुने उनी पहिलो उम्मेदवार पनि रहेको अधिकृत बाँनियाले बताए।

निर्वाचन गतिविधि कार्ययोजना अनुसार नै चलिरहेकोले उनी विजयी भएको प्रमाणपत्र मतगणना पश्चात दिइने उनले जानकारी दिए।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए। जिल्लाको अन्य स्थानीय निकायमा निर्विरोधको विवरण आउन नसकेको जानकारी दिए।

निर्विरोध भएकी संजोगियाको वडामा एक हजार ७ सय ५९ मतदाता रहेका छन्।

प्रकाशित: २७ भाद्र २०७४ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App