६ चैत्र २०८० मंगलबार
राजनीति

एमालेका क्षेत्रीय कमिटी भंग

काठमाडौं- नेकपा एमालेले २ सय ४० वटा क्षेत्रीय कमिटी भंग गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाको सीमांकन भएअनुसार नै कमिटी गठन गर्न क्षेत्रीय कमिटी गरेको हो ।

अब ४२ वटा जिल्लामा १ सय ३० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति हुनेछ भने ३ सय ३० वटा प्रदेशसभा निर्वाचन कमिटी हुनेछन् । ३५ जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाले त्यसमा त्यसैअनुसारको समन्वय समिति र प्रदेशसभा समिति रहनेछन् ।

‘अहिलेसम्म क्षेत्रीय कमिटी कार्यकारी हुँदै आएको थियो अब समन्वय समितिको रुपमा मात्रै रहनेछ,’ एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले भने, ‘यही कमिटीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस गर्नेछ ।’ बैठकले समन्वय कमिटीको संयोजक तोक्ने जिम्मेवारी जिल्ला कमिटीलाई तोकेको छ । ‘यसअघि क्षेत्रीय कमिटीमा रहेका सदस्यले यसमा सदस्य हुनेछन्,’ गुरुङले भने, ‘प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समितिमा त्यस क्षेत्रमा पर्ने गाउँपालिका, नगरपालिका, उपमहानगर तथा महानगरका कमिटीबाट पनि प्रतिनिधित्व रहनेछ ।’

प्रकाशित: २७ भाद्र २०७४ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App