७ वैशाख २०८१ शुक्रबार
राजनीति

बडिमालिका नगरपालिकाको बजेट साढे २८ करोड

बाजुरा- बडिमालिका नगरपालिकाले प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल जोड्ने गरी बजेट विनियोजन गरेको छ। नगरपालिकाको पहिलो नगर सभाले सडक सञ्जाल जोडिन बाँकी १, ४ ५ र ६ नम्बर वडाका लागि ४ करोड ७४ लाख ९० हजार बजेट विनियोजन गरेको छ।

पूर्वाधार निर्माणको ८ करोड बजेट मध्ये सडक सञ्जाल सहीत कृषि क्षेत्रका पूर्वाधार विकास र शिक्षा विकासमा लगानी गर्ने गरी बजेट विनियोजन गरेको छ । सडक निर्माण अन्र्तगत मार्तडीको गौडा देखि खुला मञ्चसम्मको सडक कालो पत्रे सहीतको निर्माण गर्ने योजना छ ।

नगरपालिकाले हामी सबैको इच्छा युगानुकुल शिक्षा विकासका लागि १ करोड ५२ लाख १५ हजार रुपैया विनियोजन गरेको छ। भने काँग्रेस संस्थापक नेता विपि कोइरालाको नाममा विपि जीव्न स्तर सुधार कार्यक्रम अन्र्तगत सिँचाई कुलो, खानेपानी, पशुपालन भकारो सुधार लगायतका शिर्षकमा १ करोड ६० लाख ६४ हजार रुपैया विनियोजन गरेको छ ।

       यसैगरी निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा स्वस्थ्य नगर बासीका लागि बृहत सीमा कार्यक्रम अन्र्तगत ४८ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यसै शिर्षकको बजेटमा तरुणको लक्ष्य सीप र दक्ष अनुसारको कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।

       उपप्रमुख कविता विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आर्थिक बर्षको बजेटमा कृषकसँग नगर प्रमुख र महिलासँग उपप्रमुख कार्यक्रम कार्यक्रम सञ्चालन गर्ने गरी १७ लाख २६ हजार कृषक सँग नगरप्रमुख र महिला लक्षित कार्यक्रम अन्र्तगत महिलासँग उपप्रमुख शिर्षकमा १५ लाख बजेट छुट्याइएको छ ।

       समृद्धीका लागि गन्तव्य बडिमालिका शिर्षकमा २ लाख र बाल मैत्री नगर निर्माणका लागि १२ लाख ५ हजार सहीत साझेदार निकायसँग सहकार्य गर्ने भनिएको छ । सफा र सुन्दर बडिमालिका नगर निर्माणका लागि खाने पानी र सरसफाईका क्षेत्रमा एक घर एक धारा निर्माण सहीतको योजना राखेर १ रोड ३९ लाख रकम विनियोजन गरेको छ।

सँस्कृतिक प्रवद्र्धन र स्थानीय मेला पर्वको संरक्षणका लागि ३२ लाख ९० हजार र खेल क्षेत्रको विकास र खेलाडीको क्षमता विकास शिर्षकमा ५ लाख बजेट विनियोजन गरेको छ । काठेपुल बाटो घाटो पुल पुलेसा मर्मतका लागि १० लाख ८० हजार, शहरि विकास तथा भवन निर्माणका लागि १ करोड ४२ लाख, लघु तथा साना जलविद्युत निर्माणका लागि ५ लाख र विपद व्यवस्थापनका लागि ६४ लाख रुपैया विनियोजन गरेको छ।

जनताको शासन जनमैत्री प्रशासन शिर्षकमा २० लाख रकम छुट्याएको छ। भने नगरपालिकाले सञ्चालन गर्ने गतिविधि र अभियानलाई थप प्रभावकारी र जनस्तरसम्म सबै प्रकारका सूचना पुर्‍याउन रेडियो पत्रपत्रिका र अन्य सञ्चारका माध्यमको प्रयोग शिर्षकमा २२ लाख रुपैया विनियोजन गरिएको छ।

जन्म, मृत्यु र बसाई सराई लगायतका पञ्जिकाधिकरण सम्बन्धी सेवालाई अनलाई प्रविधिसँग जोड्न ३२ लाख रुपैयाँ विनियोजन गरेको छ । नगर प्रहरी र शान्ति सुव्यवस्था कायम गर्न १० लाख, स्थानीय निकायलाई जवाफदेही र पार्दशी बनाउन २० लाख रुपैया विनियोजन गरेको छ।

यसैगरी वैज्ञानीक अन्वेशषण र संभाव्यताको खोजीका लागि २० लाख, राजश्वलाई पारदर्शी बनाउन ३० लाख बजेट विनियोजन गरेको छ । चालु र पुजिँगत सबै गरेर नगर पालिकाले आर्थिक वर्ष २०७४।७५ का लागि २८ करोड ६८ लाख १८ हजार रुपैया विनियोजन गरेका छ ।

एमालेको विरोध

नगर सभा कोठा भित्र गरिएको र जनताको मर्म भावना विपरित पार्टीको नेता र व्यक्तिको नामका कार्यक्रम बनाइएकोमा एमालेबाट निर्वाचित सदस्यहरुले आपत्ति जनाएका थिए । बहुमतले पारित गर्ने नीतिले जनताको हित नहुने वडा नम्बर ९ का अध्यक्ष विनोद कुमार विकले बताए।

एमालेले नगर सभालाई बहिष्कार गरेको बताएको छ । नीति तथा कार्यक्रममा विमति राखेपनि बजेट भने सर्वसम्मत पारित भएको नगरप्रमुख पदम बडुवालले बताए ।

 

प्रकाशित: २६ भाद्र २०७४ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App