२९ असार २०७७ सोमबार
राजनीति

राप्रपा ३ नं प्रदेशको क्षेत्रीय सम्मेलन शुरु

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए। 

प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको विहीबार उद्घाटन गर्दै उनले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न पनि कार्यकर्तालाई सुझाव दिए। 

देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो। 

शुक्रबारसम्म जारी रहने उक्त सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी ३०० जनाको सहभागिता रहेको छ। 

भेलाले प्रदेश तथा संसदीय चुनावमा अधिकतम स्थान जित्न आवश्यक रणनीति तयार गर्ने बताइएको छ। रासस 

प्रकाशित: २२ भाद्र २०७४ १६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App