१५ चैत्र २०८० बिहीबार
राजनीति

नेशनल मेडिकल कलेजमा भेटिएनन् डाक्टर र बिरामी

काडमाडौँ – विवादित सम्बन्धन प्राप्त काठमाडौँ नेशनल मेडिकल कलेजको अवस्थाबारे छानविन गर्न गठित समिति अस्पताल पुग्दा पत्र बुझ्ने मान्छे पनि नभएको भेटिएको छ । सञ्चालनमा रहेको भनिएको अस्पताल निरीक्षण गर्न पौने ८ बजेतिर समिति घट्टेकुलो पुगेको थियो। 

घट्टेकुलो पुग्दा केही नर्समात्रै अस्पतालमा थिए । एक घण्टा भन्दा बढी कुर्दा पनि कोही नभेटिएपछि अस्पतालको निरीक्षण गरेर निरीक्षक टोली फर्केको थियो । फर्किनु अघि टोलीले अस्पतालका सुरक्षा गार्डलाई पत्र बुझाएर फर्केको थियो ।
अस्पतालमा एक जना पनि बिरामी र डाक्टर नभेटिएपछि छानविन टोलीले एकजना नर्स र नाम मात्रको औषधि पसलको सञ्चालकसँग कुराकानी गरेको थियो। 

गत शनिबार त्रिवि कार्यकारी परिषद्ले काठमाडौँ नेशनल मेडिकल कलेजबारे बुझ्न तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिमा परशुराम कोइराला, सनद देवकोटा र डा.प्रशन्न भट्ट छन् । सम्भवत छानविन समितिले आजै कार्यकारी परिषद् समक्ष आफ्नो प्रतिवेदन बुझाउने छ। 

 

प्रकाशित: २१ भाद्र २०७४ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App