coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

काठमाडौं-  नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक स्थायित्व ल्याउन र देशलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गरेको छ।  आइतबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

बानेश्वरबाट सुरु भएको र्‍याली माइतिघरमा आएर टुंगिएको थियो। नयाँ शक्तिले यस अघि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू नहुँदासम्म सांसद किनबेच जस्तो निकृष्ट अभ्यास जारी रहने भएकोले संविधान संशोधन गरी सो व्यवस्था लागू गर्न पार्टीले माग गरेको छ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्था र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै यस अघि १० लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाइसकेको छ।

देशमा राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको भन्दै त्यसका लागि नयाँ शक्तिले अन्तरक्रिया, धर्ना, जुलुस जस्ता कार्यक्रमहरु जारी राखेको छ।

प्रकाशित: १८ भाद्र २०७४ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App