६ वैशाख २०८१ बिहीबार
राजनीति

श्रमजीवि पत्रकारका समस्या समाधान गर्न पहल गर्छु : सञ्चार राज्यमन्त्री विष्ट

नेपाल प्रेस युनियन बाँकेले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट । तस्बिर:अर्जुन ओली

नेपालगन्ज – सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले श्रमजीवि पत्रकारका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पत्रकार महासंघ बाँकेले बुधबार गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमजिवी पत्रकारका समस्यालाई अध्ययन गरेर आफूले समस्या समाधान गर्ने बताए । ‘श्रमजिवी पत्रकारको समस्यालाई अध्ययन गरेर समस्या समाधानको पहल गर्नेछु,’ उनले भने । 

राज्यमन्त्री विष्टले पत्रकार महासंघलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन आफूले पहल गर्ने बताए । सो क्रममा महासंघ बाँकेले उनलाई पाँच बुँदे आग्रह पत्र हस्तान्तरण गरेको थियो । महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले सूचना तथा सञ्चार राज्यमन्त्री विष्ट र पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य कलेन्द्र सेजुवाललाई बधाई तथा सम्मान गरेका थिए ।

त्यसअघि नेपालगन्ज विमानस्थलमा नेपाल प्रेस युनियन बाँकेले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार राज्यमन्त्री विष्टले आफ्नो कार्यकालभर सञ्चार मन्त्रालयसँग जोडिएका निकाय र पत्रकारका समस्या समाधान गर्न केन्द्रित हुने बताएका थिए । ‘राज्यमन्त्री भइसकेपछि यस क्षेत्रको सञ्चार क्षेत्रको अवस्था बुझ्न यहाँ आएको हुँ, तपाईहरूबाट बुझिसकेपछि त्यसलाई कार्यान्वयन गराउने जिम्मेवारी मेरो हो,’ उनले भने । बाढीले बाँके सहित तराईमा ठूलो जनधनको क्षति गरेको उल्लेख गर्दै राज्यमन्त्री विष्टले बाढी पीडितलाई सञ्चार मन्त्रालयले गर्नुपर्ने सहयोग भए सल्लाह, सुझावको अपेक्षा गरे । 

सो अवसरमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपाली काँग्रेस सुर्खेतका, सचिव टोपबहादुर रावत, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छबिलाल सिग्देल, पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा, नेपाली काँग्रेस सुर्खेतका पूर्व उपसभापति यज्ञबहादुर बिसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित: १४ भाद्र २०७४ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App