७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार तत्काल बिघटन नभए मुलुक गृहयुद्धमा फस्ने यादवको चेतावनी

राजु अधिकारी, झापा,  वैशाख ३०- मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार तत्काल विघटन नभए मुलुक गृहयुद्धमा फस्ने चेतावनी दिएका छन्। बिहीबार विर्तामोडमा यादवले प्रधान मन्त्री माधवकुमार नेपाललाई राजिनामा दिएर त्यस्तो खतरा टार्न सुझाव पनि दिए। शान्ति प्रक्रिया र संविधान निर्माणको मुख्य बाधक सत्तारुढ दलहरु भएको आरोप लगाउँदै यादवले सङ्घीय गणतन्त्रका विरुद्ध उनीहरुबाटै षड्यन्त्र भइरहेको पनि यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए।

फोरम सहअध्यक्ष जयप्रकाश गुप्ताले शान्ति सम्झौता र मधेससँगका विभिन्न सम्झौता कार्यान्वयन नभएसम्म मुलुक यथास्थितिबाट उम्किन नसक्ने दाबा गरे।


प्रकाशित: ३० वैशाख २०६७ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App