coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ठूला पार्टीका केन्द्रीय सदस्य विदेशी एजेन्ट : बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला राजनीतिक दलहरूका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेन्टको रुपमा काम गरिरहेको गम्भीर आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले बुधबार गरेको साक्षात्कारमा बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनुले यसको पुष्टी गर्ने बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसदको मर्यादा विपरित रहेको उनको भनाई छ । प्रधानमन्त्रीमा के बोल्ने भन्नेबारे जानकारी समेत नरहेको उनको भनाई छ । देउवाले पहिले नै गरेको प्रतिबद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने उनको अनुमान छ। 

संसदले नेपाल र भारतको सिमामा बनाएका विभिन्न बाँधहरू भत्काउने निर्णय गरिसकेता पनि सरकार चुप लागेर बस्नु नै तराईलाई बाढीको चपेटामा पार्ने काम भएको उनले बताए। 

प्रकाशित: १४ भाद्र २०७४ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App