७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी दिने

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँच दिने भारत भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराउने भएका छन्। प्रधानमन्त्री देउवाले सदनलाई २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

'प्रधानमन्त्रीज्युले अहिले २ वजे व्यवस्थापिका संसदमा भारत भ्रमणका विषयमा जानकारी गराउने कार्यक्रम छ', प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले ट्विट गर्दै भनेका छन्।

संसदको पहिलो वक्ताको रुपमा प्रधानमन्त्रीको नाम रहेको छ। उनले अाफ्नो निर्धारित सम्बोधन समय पछि संसद बैठक नै पछि सार्नु परेको संसद सचिवालय स्रोतले बतायो।

प्रधानमन्त्री देउवा भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी सोमबार साँझ स्वदेश फर्किएका थिए। भारतमा छँदा उनले संविधान संशोधन गर्ने वाचा गरेको भन्दै विपक्षी एमालेसहितका नेताहरुले आलोचना गरेका थिए।

 

प्रकाशित: १२ भाद्र २०७४ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App