१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्रीले भारतसँग घुँडा टेक्नु हुँदैन : नेपाल

बाढीपीडितसमक्ष नेता नेपाल। तस्विरः मदन

रौतहट— स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि नहुँदा बाढी पीडितलाई राहत वितरणमा समस्या भएको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन्।

रौतहटको विभिन्न गाउँमा बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै नेता नेपालले बाढीपीडितलाई राहत वितरण गर्न स्थानीय निकायमा जनप्रतिनिधि हुँदा सजिलो हुने बताए।

‘नेपाल सरकारका तर्फबाट भारत गएका प्रधानमन्त्रीले खुट्टा कमाएर र घुँडा टेकेर, कामेर होइन हिम्मतका साथ भारतबाट भएका गल्तीको विषयमा कुरा गर्नुपर्छ’, उनले भने।

‘समयमा चुनाव गर्न नदिने राजनीतिक पार्टी र नेताहरुले गर्दा बाढी पीडितहरुले राहत पाउन कठिनाइ भइरहेको छ’, उनले भने। बाढीको पीडाबीच पनि प्रदेश नम्बर २ को निर्वाचन आइरहेको सन्दर्भमा उनले जति सुकै अप्ठ्यारोमा पनि चुनाव हुनुपर्ने बताएका छन्।

अलि दुःख सहेर पनि जनताले आफ्नो प्रतिनिधि छान्ने कुरामा आफूलाई विश्वास रहेको बताउँदै नेपालले निर्वाचन नहुँदा जनताले झन् दुःख पाउने अवस्था आउने बताएका छन्।

भारतीय बाँधले गर्दा तराईको जनताको बेहाल हुने गरेको बताउँदै नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला तराईको डुबानलाई लिएर कुरा गर्नुपर्ने बताएका छन्। नेपालको सबस्याबारे भारतसँग डराएर बस्नुभन्दा भारतीय समकक्षीसँग हिम्मत गरेर जनताको पक्षमा कुरा गर्नुपर्ने स्पष्ट पारेका छन्।

‘नेपाल सरकारका तर्फबाट भारत गएका प्रधानमन्त्रीले खुट्टा कमाएर र घुँडा टेकेर, कामेर होइन हिम्मतका साथ भारतबाट भएका गल्तीको विषयमा कुरा गर्नुपर्छ’, उनले भने।

भारतले नेपाली जनतालाई दुःख दिने गरी ठाउँ ठाउँमा बनाएको बाँधले नेपाली जनता अपमानित भएको नेता नेपालले सुनाए। दुई दिनदेखि गृह जिल्ला रौतहट रहेका नेता नेपालले राजदेवी, सिर्सिया, राजपुर तुलसी, गौर, बडहर्वा, पचरुखी, छतौना, गंगापिपरा, भलोहिया, टिकुलिया लगायतका गाउँहरुको बाढी पीडितसँग भेट गरेका छन्। नेता नेपालले अत्यधिक प्रभावितलाई राहत समेत वितरण गरेका छन्।

 

प्रकाशित: ८ भाद्र २०७४ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App