६ वैशाख २०८१ बिहीबार
राजनीति

क्रान्तिकारी जनवादी शिक्षा त्याग्दै, अबको रणनीति समाजवादी शिक्षा

त्रिवि स्मृति भवनमा भइरहेको बन्दसत्र।

काठमाडौं— माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र बिहीबार शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरस्थित स्मृति भवनमा प्रारम्भ भएको बन्द सत्रको शुरुआतमा अध्यक्ष नरेन्द्र न्यौपानेले ९९९ सदस्यीय जम्वो केन्द्रीय समिति भङ्ग गरेका छन्।

प्रतिवेदनमा स्थापना कालदेखि क्रान्तिकारीले उठाउँदै आएको जनवादी शिक्षाको रणनीति बदलेर समाजवादी शिक्षाको रणनीति अघि सारिएको छ। प्रतिवेदनमा विद्यार्थी आन्दोलनले शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक हक बनाउन सफल भएकाले अबका दिनमा त्यसलाई कार्यान्वयन गर्न सम्पुर्ण रुपमा लाग्ने कार्यभार प्रस्ताव गरिएको छ।

पुरानो समिति भङ्ग गरे लगत्तै राष्ट्रिय सम्मेलनको बन्द सत्र संचालन गर्न ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। अध्यक्ष न्यौपानेले बन्द सत्रको हल समक्ष राखेको अध्यक्ष मण्डलको प्रस्ताव हलले सर्वसम्मतिले पारित गरेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए।

अध्यक्ष मण्डलमा नरेन्द्र न्यौपाने, उत्तम अधिकारी, रविकिरण यादव, राजेश्वरी सुवेदी, इन्द्र भुषाल, कविता ढुङ्गाना, राधेश्याम यादव, सपना प्रधान, धनसरा ढकाल छन्।

आजै विघटित समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले विद्यार्थी आन्दोलनको आगामी कार्यभार शीर्षकमा ६० पृष्ठको प्रतिवेदन पेश गरेका छन्।प्रतिवेदनमा स्थापना कालदेखि क्रान्तिकारीले उठाउँदै आएको जनवादी शिक्षाको रणनीति बदलेर समाजवादी शिक्षाको रणनीति अघि सारिएको छ। प्रतिवेदनमा विद्यार्थी आन्दोलनले शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक हक बनाउन सफल भएकाले अबका दिनमा त्यसलाई कार्यान्वयन गर्न सम्पुर्ण रुपमा लाग्ने कार्यभार प्रस्ताव गरिएको छ। छलफलका लागि विभिन्न जिल्ला मिलाएर २१ वटा समूह बनाइएको छ। अलग-अलग समूहगत छलफल पछि टोली नेताले हलमा साझा निष्कर्ष राख्नेछन्।

यसैगरी प्रस्तावित विधानसंशोधनमा ३३ सदस्यीय पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। नयाँ विधानमा पदाधिकारीको सिङ्गो हलबाट र केन्द्रीय सदस्य प्रदेशगत रुपमा निर्वाचित हुनेछन्। प्रस्तावित मस्यौदाअनुसार एक अध्यक्ष, ४ खुल्ला, ४ समावेशी र १ मनोनित सहित ९ उपाध्यक्ष, एक महासचिव ,५ उपमहासचिव १६ सचिव र एक कोषाध्यक्ष रहनेछन्। आज प्रस्तावित प्रतिवेदन र विधान उपर भोलि समुहगत छलफल हुनेछ।

विधान र प्रतिवेदन पारित भएपछि नेतृत्व निर्वाचन प्रकृया अघि बढ्ने अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताए।

प्रकाशित: ८ भाद्र २०७४ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App