८ वैशाख २०८१ शनिबार
राजनीति

भारत भ्रमणमा बाढी, जलस्रोतको विषय उठाउनु पर्ने विज्ञको सुझाव

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा पुराना सम्झौता कार्यान्वयनका लागि जोड दिनुपर्ने सुझाव परराष्ट्रविद्हरुले बताएका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनीहरुले सो भ्रमण दुई मुलुकका शीर्ष नेतृत्वबीच सद्भावपूर्ण बनाउन सकेमा विगतका सम्झौता क्रमिक रुपमा कार्यान्यवयन हुँदै जाने विचार व्यक्त गरे।

कूटनीतिज्ञ डा.भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावपूर्ण हुनुपर्नेमा जोडदिँदै भ्रमणमा नयाँ विषय ल्याउन नहुने र अहिलेसम्मका सहमति तथा सम्झौता कार्यान्वयनमा सकारात्मक वातावरण निर्माण गर्नुपर्ने बताए।

'बाढी, जलस्रोत, सीमा, आपसी हितजस्ता विषयमा थप कुनै सहमतिभन्दा पनि भएकालाई कार्यान्वयन गर्ने विषयमा भ्रमण केन्द्रित हुनुपर्छ', उनले भने।

भारतका लागि पूर्वनेपाली राजदूत दुर्गेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्ध सद्भाव र विश्वासका आधारमा हुनुपर्नेमा जोडदिँदै नेपालको हितका लागि सबै राजनीतिक दल परराष्ट्र नीतिको बारेमा एक ठाउँमा उभिनुपर्ने बताए।

प्रधानमन्त्रीको भ्रमणमा भारत र चीनबीचको विवादमा मौन बस्नुपर्ने बताउँदै उनले दुई देशबीचमा रहेर सन्तुलित सम्बन्ध राख्न नसकिए भोलिका दिनमा अनेक समस्या आइलाग्ने आशंका व्यक्त गरे। रासस

प्रकाशित: ६ भाद्र २०७४ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App