८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

गुलरिया – प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको विहीबार हवाई तथा स्थलगत निरीक्षण गरेका छन्।

गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्दै प्रधानमन्त्री देउवाले सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने बताए। उनले बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको बताए। 

“निर्धक्क साथ बस्नुस्, सरकारले राहत उपलब्ध गराउँछ,” उनले भने। बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरे। तत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने उनले आश्वासन दिए। 

प्रधानमन्त्रीका साथमा सिँचाइमन्त्री सञ्जयकुमार गौतम रहेका छन्। बाढीबाट बर्दियामा एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी पीडित अहिले जिल्लाका ४१ वटा विद्यालयमा शिविर खडा गरेर बस्दै आएका छन् । रासस 

प्रकाशित: १ भाद्र २०७४ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App