१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चिनियाँ उपप्रधानमन्त्री आज नेपाल आउने

काठमाडौं – चिनियाँ उपप्रधानमन्त्री वाङ याङ चारदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन् । सन् २०१२ को जनवरीमा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियावाओले नेपाल भ्रमण गरेपछि चीनबाट नेपालमा हुन लागेको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो। 

‘सरकारको औपचारिक निमन्त्रणामा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘उहाँ चिनियाँ प्रधिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार साँझ काठमाडौं आइपुग्दै हुनुहुन्छ।’

नेपाल भ्रमणका बेला चिनियाँ उपप्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नेछन् । राष्ट्रपति र प्रधानमन्त्रीसँगष् बुधबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै उनले उपप्रधानमन्त्री एवं संघिय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ। 

चिनियाँ उपप्रधानमन्त्री वाङ वसन्तपुरको नौतले दरबार पुनर्निर्माण परियोजनाको उद्घाटन समारोहमा समेत सहभागी हुनेछन् । एक कार्यक्रमबीच बसन्तपुरमा उक्त परियोजनाको मंगलबार उद्घाटन गरिनेछ । यो परियोजना चिनियाँ सहयोगमा सञ्चालन हुँदैछ । उनले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकनसमेत गर्ने परराष्ट्रले जनाएको छ । उनी भदौ १ गते स्वदेश फर्कनेछन्। 

 

प्रकाशित: ३० श्रावण २०७४ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App