७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

काठमाडौं- १६ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गराउन सरकार गम्भीर नबनेको भन्दै सरकारी चित्सिक संघ नेपाल (गोदान)ले आकस्मिकबाहेका सेवा ठप्प पार्ने चेतावनी दिएको छ। गोदान सरकारी सेवामा कार्यरत चिकित्सकहरुको साझा संस्था हो।

चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले अनशनका माग पूरा गर्न दबाब बढाउँनेगरी ठोस कार्यक्रम नल्याएको सन्दर्भमा गोदानको कार्यक्रम आएको हो।

संघले मंगलबार विज्ञाप्ति मार्फत् बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर काम गर्ने र केही दिनभित्रै समाधानमा ठोस पहल नभए तत्कालै आकस्मिकबाहेका सेवा ठप्प पार्ने गोदानले जनाएको छ। अध्यक्ष डा.दिपेन्द्र पाण्डेद्धारा जारी विज्ञाप्तिमा चिकित्सा शिक्षा व्यवस्थित र सम्पूर्ण नागरिकलाई संविधान प्रदत्त अधिकारको रक्षाका लागि ११ औ अनशनको १६ दिनसम्म समाधानका लागि ठोस पहल नहुँदा डा.केसीको स्वास्थ्य नाजुक भएको उल्लेख छ। गोदानले सरकारी वेवास्ताको निन्दा गर्दै दबाबमुलक कार्यक्रममा उत्रिन बाध्य भएको जनाएको छ।

नेवि संघले सडक आन्दोलन गर्ने

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले डा.केसीको माग पूरा गर्न सरकारलाई दबाब दिनेगरी सडक आन्दोलनको घोषणा गरेको छ । महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले डा.केसी अनशन स्थलमा पुगेर कोणसभासँगै आन्दोलन घोषणा गरेको हो।

केसीमा माग पूरा गर, स्वास्थ्य र शिक्षामा व्यापारीकरण अन्त्य गरलगायतका नारासहित पुगेका विद्यार्थीहरुले केसीलाई भेटेर ऐक्यवद्धतापछि शिक्षण अस्पताल परिसरमै कोणसभासमेत गरेका थिए। काफ्लेले भोली नै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीलाई भेटेर ग्यापनपत्रसहित सरकारका तर्फबाट भएका कामको जानकारी माग्ने र सोही आधारमा बुधबारदेखि नै चरणबद्ध सडक आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । काफ्लेले मातृपार्टीले खुल्ला बजार अर्थ व्यवस्थालाई अंगिकार गरेको भएपनि आफूहरु शिक्षा क्षेत्रमा व्यापारिकरणको नाममा हुने छाडापनको विरुद्धमा रहेने बताए । ‘पैसा तिर्न सक्ने विद्यार्थीमात्रै राज्यको विद्यार्थी हो र ?’ काफ्लेले भने, ‘विपन्न विद्यार्थीले पढ्न पाउँनुपर्छ र माथेमा प्रतिवेदनको पूर्ण लागू गरेर डा.केसीको माग पूरा गराउँन हामी जति कडा आन्दोलनमा पनि जान्छौ,’ ।

 

 

प्रकाशित: २४ श्रावण २०७४ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App